भर्खरै प्रकाशित: जनसचेतनको ३२ औँ स्थापना दिवसः सामाजिक सद्भावका कार्यक्रम सञ्चालन चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह सुनखानीका मन खाने नानी सार्वजनिक हुँदै ………. भीमेश्वरमा चाडपर्व लक्षित बजार अनुगमन शुरु दशैँको अवसरमा चरिकोटमा महापुराण आयोजना गरिने गौरीशङ्कर क्याम्पसमा गेष्ट लेक्चर मार्फत विशेष तयारी कक्षा

बुढाभीमसेन महायज्ञमा कल्याणी माता प्रमुख आकर्षक, भक्तजनको घुइँचो ।

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

चैत ८
विनिता शिवाकोटी

दोलखाको भीमेश्वर नगरपालिकामा रहेको बुढाभीमसेन मन्दिर परिसरमा आयोजित महायज्ञमा कथा श्रवण गर्नेहरुको घुइँचो लागेको छ ।
आइतबारबाट शुरु भएको महायज्ञमा दैनिक संयौको सङख्यामा भक्तजनहरुको भिड लाग्ने गरेको आयोजकको भनाइ छ ।
महायज्ञमा दोलखाका जिल्लाका विभिन्न स्थानदेखि छिमेकी जिल्लाबाट पनि भक्तजनहरुको आउनेक्रम दिनप्रतिदिन बृद्धि हुँदै गएको महायज्ञ मूल आयोजक समितिका सदस्य राजन श्रेष्ठले बताउनु भयो ।


विश्व शान्तिको कामना,पितृ उद्दार तथा धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले ११ दिनसम्म सञ्चालन गर्न लागिएको महायज्ञको प्रमुख आकर्षक कल्याणी माता रहनु भएको छ भने प्रमुख वाचक कृष्ण प्रसाद गुरागाईँ र उपवाचकमा चन्द्रमणि गुरागाईँ रहनु भएको छ ।


भीमेश्वर नगरपालिका वडा नं ५ मा रहेको बुढाभीमसेन धाममा सञ्चालन भएको शिव पुराणमा ओम शीव शक्ति कल्याणी केन्द्र,केन्द्रीय कार्यालयका शाखा प्रमुख,साधक,साधवी,कुमार कुमारी र राष्ट्रिय कलाकारहरुको उपस्थिति रहेको छ ।
प्रत्येक साँझ ७ बजेदेखि १० बजेसम्म राष्ट्रिय कलाकार तथा सङ्गीतकारहरुबाट भक्ति सङ्गीत, कथा महात्म्य सञ्चालन भइरहेको छ भने चैत्र १५ गते दिनको १ बजे पूर्णाहुती, तिलार्चन एवम् समापन कार्यक्रम रहेको आयोजकको भनाइ छ ।

महायज्ञको उद्घाटन वागमती प्रदेश सभा सदस्य भरत केसीले गर्नुभएको थियो ।
कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धर,भीमेश्वर नगरपालिका वडा नं ५ का वडाध्यक्ष बासु श्रेष्ठ,धार्मिक एवं सामाजिक संघसंस्थाका प्रमुख एवं प्रतिनिधिको बाक्लो उपस्थितिमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।


पहिलो दिन बुढाभीमसेन मन्दिरबाट महिला पञ्चेबाजा,पौराणिक भजन कृतनको साथमा कलश यात्रासहित सयौको सङख्याका धर्मावलम्बीहरु कोटीहोम हँदै नगर परिक्रमा गरी महायज्ञ स्थलमा पुगेर उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।


स्कन्द पुराणका अनुसार लोक कल्याणका लागि भगवान भीमशङ्कर ज्योतिलिङ्गका रुपमा दोलखाको धर्मगृह (धरमघर) मा आएर बस्नुभएको थियो ।
स्वस्थानी व्रतकथाका अनुसार महादेवले किराँतेश्वरको रुपमा वन विहार गरेको स्थल भएको विश्वास गरिएको छ भने वन विहारको क्रममा किराँतीछाप धर्मघर हुँदै भीमेश्वर दोलखा गएर भीमसेनले बास गरेको इतिहास रहेको स्थानीय अग्रजको भनाइ रहेको छ ।

हालको धरमघर आसपासका स्थानहरुमा सीतापाइला,सीताको चुल्हो, सीताकुण्ड,गौरीका पाइला,किराँतीछाप ,धर्मघरजस्ता धार्मिक स्थानहरुको नामाकरण रहेको छ ।

भीमेश्वर मन्दिरमा भोलि क्षमा पूजा गरिँदै
समदृष्टि अनलाइन संवाददाता

  दोलखाको भीमेश्वर शिलामा पसिना आएपछि भोलि क्षमापुजा गरिने भएको छ । प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा एक हप्ताको अवधिमानै...

असारे लोक संस्कृति
समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी वर्षभरका बाह्र महिनामध्ये असार एक महत्वपूर्ण महिनाका रुपमा लिइन्छ । अझ कृषि र कृषकका लागि यो विशेष...

चरिकोटमा साङ्गीतिक गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाता

  दोलखा सदरमुकाम चरिकोटमा साङ्गीतिक गजल साँझको आयोजना हुने भएको छ । बृहत दोलखा महोत्सवको अवसर पारेर दोलखा उद्योग...

स्रष्टा सुशिला शर्माको तेस्रो कृति ‘भुमरी’ विमोचन
समदृष्टि अनलाइन संवाददाता

साहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार विमोचन गरिएको छ । भानु विद्यापति साहित्य प्रतिष्ठानको संयोजनमा सदरमुकाम...

दोलखामा शनिबार गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाता

भानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाको गजल साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि बेलुका ४ बजेदेखि बेलुका ७...

सहस्र धारासहित स्वस्थानी ब्रत समापन
समदृष्टि अनलाइन संवाददाता

ऐतिहासिक दोलखा बजारमा सहस्रधारासहित श्री स्वस्थानी व्रतकथा विधिपूर्वक सम्पन्न गरिएको छ । व्रत समापनको दिन ऐतिहासिक दोलखा बजारमा सहस्र...

.