साखिने नेवार गाउँमा परम्परागत धारो निर्माण ।
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ७ स्थित साखिने नेवार गाउँमा परम्परागत ढुङ्गे धारा निर्माण कार्य सम्पन्न भएको छ ।
दोलखाको भीमेश्वर नगरपालिका वडा ७ मा रहेको साखिने नेवार गाउँमा १ लाख २० हजार बराबरको लागतमा ढुङ्गे धारा निर्माण कार्यसम्पन्न भएको वडाध्यक्ष विनोद तमाङले बताउनु भयो । वडा नं ७ को १ लाख रकम र स्थानीयको २० हजार बराबरको जनश्रमदानबाट धारो निर्माण भएको हो ।
१० दिन लगाएर निर्माण सम्पन्न गरेको परम्परागत धारो स्थानीय जेष्ठ नागरिक ९० वर्षीय मिश्री श्रेष्ठ र ७८ वर्षीय दिलकुमारी श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।
परम्परागत ढुङ्गे धारा स्थानीय ३० घरधुरीले प्रयोग गर्ने वडा कार्यालयले जनाएको छ । गाउँको बीचमा चिटिक्क परेको परम्परागत धारा निर्माण भएपछि स्थानीय खुसी भएका छन् ।
भीमेश्वर मन्दिरमा भोलि क्षमा पूजा गरिँदै
समदृष्टि अनलाइन संवाददातादोलखाको भीमेश्वर शिलामा पसिना आएपछि भोलि क्षमापुजा गरिने भएको छ । प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा एक हप्ताको अवधिमानै...
असारे लोक संस्कृति
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी वर्षभरका बाह्र महिनामध्ये असार एक महत्वपूर्ण महिनाका रुपमा लिइन्छ । अझ कृषि र कृषकका लागि यो विशेष...
चरिकोटमा साङ्गीतिक गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा साङ्गीतिक गजल साँझको आयोजना हुने भएको छ । बृहत दोलखा महोत्सवको अवसर पारेर दोलखा उद्योग...
स्रष्टा सुशिला शर्माको तेस्रो कृति ‘भुमरी’ विमोचन
समदृष्टि अनलाइन संवाददातासाहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार विमोचन गरिएको छ । भानु विद्यापति साहित्य प्रतिष्ठानको संयोजनमा सदरमुकाम...
दोलखामा शनिबार गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाताभानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाको गजल साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि बेलुका ४ बजेदेखि बेलुका ७...
सहस्र धारासहित स्वस्थानी ब्रत समापन
समदृष्टि अनलाइन संवाददाताऐतिहासिक दोलखा बजारमा सहस्रधारासहित श्री स्वस्थानी व्रतकथा विधिपूर्वक सम्पन्न गरिएको छ । व्रत समापनको दिन ऐतिहासिक दोलखा बजारमा सहस्र...