शिक्षक संगठन भीमेश्वर नगरसमितिको दोस्रो नगर परिषद वैठक सम्पन्न
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
नेपाल राष्ट्रिय शिक्षक संगठन भीमेश्वर नगरसमिति दोलखाको दोस्रो नगर परिषद वैठक सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन वागमती प्रदेश इन्चार्ज शंकरलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा वैठक सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षकहरुलाई कक्षा कोठामा सिर्जनशील हुन आग्रह गर्नुभयो । मन्तव्यकै क्रममा उहाँले शैक्षिक क्षेत्रमा देखिएको वेथितिका विरुद्ध संगठनमा आवद्ध शिक्षकहरुलाइ दृढतापूर्वक लाग्न जोड दिनुभयो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि उपाध्यक्ष राजेन्द्र मानन्धरले विद्यालयको शिक्षापछि विद्यार्थीको वैदेशिक पलायनता चिन्ताको विषय बन्दै गएकाले शिक्षक संगठनले यस्ता विषयमा समीक्षा गर्नु पर्ने समय आएको बताउनु भयो । साथै पछिल्लो समय स्थानीय तहमा देखिएको शैक्षिक अन्यौलता र विकृति रोक्न संगठन चनाखो भएर लाग्न आग्रह गर्नुभयो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन भीमेश्वर नगरसमिति अध्यक्ष राजन कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले भीमेश्वर नगरकमिटि अध्यक्ष ज्ञानेन्द्र प्रधान,शिक्षक महासंघ भीमेश्वर नगरसमिति अध्यक्ष बालकृष्ण दहाल, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति दोलखाका सदस्य सूर्य चौलागाईँ, नेपाल राष्ट्रिय शिक्षक संगठन भीमेश्वर नगर समिति उपाध्यक्ष तुलसा मैनाली लगायतले शैक्षिक सुधारसंगै कक्षा कोठामा समयअनुकुल प्रविधिको प्रयोग गरेर शिक्षण गर्नु पर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा भीमेश्वर नगर समिति सचिव राजन ढुङ्गेलले सांगठनिक तथा प्रगति प्रतिवेदन र समिति सदस्य राजु नेपालीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा भीमेश्वर नगरपालिका भित्रका विद्यालयका नेपाल राष्ट्रिय शिक्षक संगठनमा आवद्ध शिक्षकहरुको उपस्थिति रहेको थियो ।
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...
निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाताशान्ति निहारिकाद्वारा लिखित “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...
सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददातामन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...
मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददातापर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...