महायज्ञ स्थलमा रक्तदान कार्यक्रमः ६२ जनाले गरे रक्तदान
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददातादोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ५ बुढाभीमसेन धाम धर्मघर महायज्ञ स्थलमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था दोलखा र महायज्ञ मूल आयोजक समितिले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेमा २६ जना महिला रहेका छन् ।
भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र कल्याणी माता लगायत महायज्ञमा सहभागी भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो।
नेपाल रेडक्रश सोसाइटी जिल्ला शाखा दोलखा र च्छोरोल्पा अस्पतालको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको संयोजन नेपाल रेडक्रश सोसाइटी पीपलबोट उपशाखाले गरेको शाखाका सभापति राजन श्रेष्ठले बताउनुभयो ।
भीमेश्वर मन्दिरमा भोलि क्षमा पूजा गरिँदै
समदृष्टि अनलाइन संवाददातादोलखाको भीमेश्वर शिलामा पसिना आएपछि भोलि क्षमापुजा गरिने भएको छ । प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा एक हप्ताको अवधिमानै...
असारे लोक संस्कृति
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी वर्षभरका बाह्र महिनामध्ये असार एक महत्वपूर्ण महिनाका रुपमा लिइन्छ । अझ कृषि र कृषकका लागि यो विशेष...
चरिकोटमा साङ्गीतिक गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा साङ्गीतिक गजल साँझको आयोजना हुने भएको छ । बृहत दोलखा महोत्सवको अवसर पारेर दोलखा उद्योग...
स्रष्टा सुशिला शर्माको तेस्रो कृति ‘भुमरी’ विमोचन
समदृष्टि अनलाइन संवाददातासाहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार विमोचन गरिएको छ । भानु विद्यापति साहित्य प्रतिष्ठानको संयोजनमा सदरमुकाम...
दोलखामा शनिबार गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाताभानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाको गजल साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि बेलुका ४ बजेदेखि बेलुका ७...
सहस्र धारासहित स्वस्थानी ब्रत समापन
समदृष्टि अनलाइन संवाददाताऐतिहासिक दोलखा बजारमा सहस्रधारासहित श्री स्वस्थानी व्रतकथा विधिपूर्वक सम्पन्न गरिएको छ । व्रत समापनको दिन ऐतिहासिक दोलखा बजारमा सहस्र...