गौरीशङ्कर क्याम्पस स्थापनाका सम्झना
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
वि.स.२०३८ सालमा स्थापना भएको दोलखा जिल्लाकै अग्रणी उच्च शिक्षाको थलो गौरीशंकर बहुमुखी क्याम्पस स्थापनामा धेरैको योगदान र त्याग रहेको छ । अग्रजहरुको त्याग र समपर्णकै कारण क्याम्पस ४२ औ स्थापना दिवस मनाउन पुगेको छ ।
आजको अवस्था नियाल्दा क्याम्पस स्थापनाका सम्झनाहरु विभिन्न योगदान कर्ताहरुको स्मरणमा ताजै छ । संस्थापक अध्यक्ष आत्मकृष्ण श्रेष्ठका अनुसार -दोलखा जिल्लामा सामुदायिक स्तरमा क्याम्पस स्थापना गर्ने सोच २०३० सालको शुरुवात देखि नै भएको हो । वि.सं २०३७ को जनमत सङ्ग्रह पछि आत्मकृष्ण श्रेष्ठ,बैकुण्ठ नारायण प्रधान,देवेन्द्रराज शर्मा र कृष्णप्रसाद शिवाकोटीको सरसल्लाह सहमतिमा पुगेपछि क्याम्पस खोल्ने विषय निष्कर्षमा पुगेको थियो ।
क्याम्पस खोल्ने भन्ने निष्कर्षमा पुगेपछि त्रिभुवन विश्वविद्यालयमा सम्बन्धन लिनकै लागि पनि ५ लाख रुपैयाँ धरौटी राख्नुपर्ने प्रावधान थियो । संस्थापक अध्यक्ष आत्मकृष्ण श्रेष्ठ लगायतका अरु व्यक्ति मिलेर २०|३० हजार रुपैयाँ जम्मा भयो तर त्यतिबेला पाँच लाख रकम जुटाउन ठूलो मुस्किल थियो । गाउँ टोल बस्तीबाट रकम पाउने आश्वासन पाएपछि क्याम्पस स्थापनाका लागि तत्कालीन त्रिभुवन विश्वविद्यालयका रजिष्टार नेत्र बहादुर बस्नेत र योजना महाशाखा प्रमुख डा पन्नालाल प्रधानको विशेष भूमिकाले सम्बन्धन प्राप्त गर्न सहज भएको थियो ।
वि.स.२०४१ सालमा क्याम्पस प्रमुख बन्नु भएका क्याम्पस प्रमुख प्रदिप मानन्धरका अनुसार सबैभन्दा पहिला त क्याम्पस दोलखा राख्ने कि चरिकोट भन्ने विषयमा निक्कै ठूलो विवाद भएको थियो । क्याम्पसले स्वीकृत पाएपछि पनि कुन ठाउँमा राख्ने भन्ने विषयमा विवाद समेत भयो । तोकिएको उद्घाटनको कार्यक्रम समेत स्थगित भयो ।
विवाद निक्कै उत्कर्षमा पुगेको बेला चरिकोट –हाल क्याम्पस रहेको स्थानमा नै राख्नु पर्छ भन्ने सहमति जुट्न सकेन । तत्कालीन राजनीतिक व्यक्तित्व,प्रमुख जिल्ला अधिकारी अनि सरोकारवालासंग संवाद,छलफल भयो र चरिकोटमा नै क्याम्पस राख्ने सहमति भएको थियो ।
सहमति जुटाउने सन्दर्भमा दोलखा सुस्पाक्षमावती घर भएका कृष्ण प्रसाद शिवाकोटी ओखलढुङ्गेको निर्णायक भूमिका रहेको पूर्व क्याम्पस प्रमुख मानन्धर सम्झनुहुन्छ । वामपन्थी विचार बोकेका शिवाकोटी अलि कडा स्वभावको हुनुहुन्थ्यो । उहाँ ज्वाला पत्रिकाको सम्पादकको भुमिकामा समेत रहनु भएको थियो । खरो स्वभाव भएका शिवाकोटीको भूमिका पनि चरिकोटमा क्याम्पस स्थापना स्मरणयोग्य छ ।
गौरीशंकर क्याम्पस स्थापना भएपछि तत्कालीन कृषि सचिव दोलखा चिलङखा निवासी वेद बहादुर खड्काको भूमिका पनि उल्लेखनीय र स्मरणीय छ । कृषि सचिव खड्काले ६५ हजार क्विन्टल गहुँ वेचेको १ लाख ८५ हजार बराबर रकम जम्मा गरेर क्याम्पसलाई सहयोग गर्नुभएको थियो । यही रकम विउ पूजीँको रुपमा जम्मा गरेर क्याम्पसको भौतिक,शैक्षिक र आर्थिक विकासको जग बन्न सफल भयो । स्थापना कालमा खड्काले गरेको योगदान क्याम्पसको आधार खडा गर्न निक्कै ठूलो सहयोग पुगेको थियो ।
आइएचडिपि,डाँडापाखर र दोलखा जिल्ला पञ्चायतबाट रकम व्यवस्था गरी एकतले क्याम्पस भवन निर्माण भएको थियो ।
जिल्लाका बौद्धिक व्यक्तिहरुको योगदान,सहयोग र सद्भावबाट वि.स. २०३८ साल चैत्र १५ गतेको विहानीको समयमा क्याम्पस औपचािरक रुपमा शुभारम्भ भएको थियो ।
वि.स.२०४० सालपछि स्थानीय प्रशासन र पञ्चायत सरकारको पहलमा भेटेनरीदेखि सडक विभागको गेटसम्म क्याम्पस सञ्चालनका लागि कटेरा बनाइ व्यवसाय सञ्चालन गर्नेबाट प्रति ५ मिटर भाडावापत २ सय ५१ रुपैयाँ क्याम्पसले प्राप्त गथ्र्यो । हाल शसस्त्र प्रहरी बलको कार्यालय परिसर क्षेत्रपनि क्याम्पसकै भोग चलनमा थियो । क्याम्पसको आम्दानीको स्रोत विद्यार्थीको शुल्कबाहेक अरनिको बस सेवा समितिसंग समन्वय गरी गाडी प्रतिटिप १० रुपैयाँ र मिनिट्रकको प्रतिटिप ५ रुपैयाँ संकलन गर्ने व्यवस्था गरिएको थियो ।
क्याम्पसको आम्दानीको स्रोत भरपर्दो स्रोत थिएन । क्याम्पसका प्राध्यापकलाई तलब खुवानसक्ने अवस्था भएन । वि.स.२०४१ सालदेखि वि.स. २०४६ सालसम्म समाजसेवी एवम राजनीतिक व्यक्तित्व आङदोर्जे लामाले नपुग तलब व्यवस्थापन गरिदिनु भएको थियो ।
क्याम्पसले प्राध्यापकहरुलाई ६ महिना मात्र मुस्किलले तलब खुवाउन सक्थ्यो । तत्कालीन समयमा क्याम्पस प्रमुखको भूमिकामा रहनु भएका क्याम्पस प्रमुख मानन्धर सम्झनुहुन्छ, -“वर्षमा ६ महिनाभन्दा बढी समयको तलब तत्कालीन नेपाली काँग्रेसका नेता आङदोर्जे लामाले दिनुभएको थियो । ३ जना प्राध्यापकको ६ महिना बढीको तलव नीजि रुपमा तिरिदिनुहुन्थ्यो । शेर्पा कन्ट्रक्सन प्रालिका प्रबन्ध निर्देशक लामाको काठमाण्डौंको ठमेलमा गौरीशंकर होटल थियो । पैसा पुगेन भनेर गएपछि नपुग तलब दिएर पठाउनुहुन्थ्यो । करिब ६ वर्षजति उहाँले तलब खुवाउने काम गर्नुभयो । त्यो समयमा एकजना प्राध्यापकको तलब १६ सय रुपैँया थियो ।”
वि.स. २०४६ सालपछि भने त्रिभुवन विश्वविद्यालय अन्तरगतको अनुदान आयोगले वार्षिक १ लाख प्रदान गर्न लागेपछि खर्च व्यवस्थापनमा केही राहत मिलेको थियो ।
दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटनप्रर्वद्धन गर्न गर्ने उदेश्यले नयावर्ष...
ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा लामोसमयदेखी चुनौतीको रहेको ढल व्यवस्थापनको काम अघि बढेपछि बजारबासीलाई सहज भएको छ । एशियाली विकास बैकको...
सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग
समदृष्टि अनलाइन संवाददातादोलखाको कालिञ्चोक गाउँपालिकामा गठन भएको सहकारी सञ्जालले प्रधानमन्त्री दैवीप्रकोष उद्धार कोषमा २ लाख ६ हजार ५ सय ४६...
९ बुँदे घोषणापत्रसहित सितली कार्यशाला सम्पन्न
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले दोलखाको ९ बुँदे घोषणापत्र सहित २ दिने सितली कार्यशाला सम्पन्न भएको छ । टोल र जनताका...
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...