गौरीशङ्कर क्याम्पसको ४२ औ स्थापना दिवस
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखाकै पहिलो र अग्रणी गौरीशंकर बहुमुखी क्याम्पस दोलखाले ४२ औ वार्षिक दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।
क्याम्पसका संस्थापक अध्यक्ष आत्माकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले क्याम्पसले गुणस्तर शिक्षामा जोड दिन सुझाव दिनुभयो । उहाँले आफू जीवनभर क्याम्पसको उन्नतिमा लागि रहनेसमेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।
दोलखाकै पहिलो र अग्रणी क्याम्पसको रुपमा परिचित क्याम्पसले पछिल्लो समय भौतिक,आर्थिक र शैक्षिक रुपमा प्रगति गरेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्र मानन्धरले बताउनु भयो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्र मानन्धरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वागमती प्रदेश सभा सदस्य भरत केसीले क्याम्पस भविष्य बनाउने अवसर भएकाले गम्भीरताका साथ लिन विद्यार्थीहरुलाई सुझाव दिनुभयो । उहाँले प्रदेशको तर्फबाट सकेको सहयोग गर्ने समेत विश्वास दिलाउनु भयो ।
भीमेश्वर नगरपालिकाका मेयर ईश्वर मानन्धरले क्याम्पसमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीका लागि नगरपालिकाले आकर्षक पुरस्कारको व्यवस्था गर्ने उद्घोष गर्नुभयो ।
वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गदै मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार थोकले मेलुङ गाउँपालिकाबाट स्नातकोत्तर तहमा अध्ययन गर्ने उत्कृष्ट ५ जनालाई अध्यक्ष छात्रवृत्तिको व्यवस्था गर्ने घोषणा गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थोकरले विदेश जाने चक्करमा नलाग्न विद्यार्थीलाई आग्रह गर्नुभयो । उहाँले विद्यार्थी केन्द्रित गर्दै भन्नुभयो,“शैक्षिक उत्कृष्टता देखाउनुहोस्,हामी रोजगारी दिन्छौ ।
नेपाली काँग्रेस दोलखाका सभापति वर्मा लामा,नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ,राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक पूर्ण बहादुर तमाङ,राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाका सचिव राम बहादुर तमाङ, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष भीम प्रसाद दहाल र राप्रपा नेपालका जिल्ला अध्यक्ष नवराज श्रेष्ठले सभालाई सम्बोधन गर्नु भएको थियो ।
वार्षिक उत्सव समारोहमा प्रमुख जिल्ला अधिकारी शेखर पौडेल,क्याम्पसका पूर्व अध्यक्ष प्रदिप मानन्धर, सञ्चालक समिति सदस्य रमेश खतिवडाले सञ्चालक समिति सदस्य रमेश खतिवडा मन्तव्य व्यक्त गर्नु भएको थियो ।
क्याम्पस दिवसको अवसरमा आयोजित विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थी र कक्षा ११ र १२ को आन्तरिक परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।
जिल्लाका बौद्धिक एवम समाजसेवी महानुभावहरुको योगदान,सहयोग र सद्भावबाट वि.स. २०३८ साल चैत्र १५ गते शुभारम्भ भएको क्याम्पसले आज ४२ औ वार्षिक उत्सव सम्पन्न गरेको हो ।
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...
बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददातानेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...
दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...
कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाताकालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...