भर्खरै प्रकाशित: दोलखा जिलु गाउको डोकोको कथा प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे शिक्षक भलिबल प्रतियोगिताको तयारी पूरा स्वर्ण महोत्सव मनाउँदै हिलेपानी संस्कृत मावि  कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन दोलखाका छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान

स्नातकोत्तर अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गर्छौः हिरा कुमार थोकर

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

मेलुङ गाउँपालिका दोलखाका अध्यक्ष हिरा कुमार थोकरले उच्च शिक्षा अध्ययन गर्ने गाउँपालिका बासीलाई छात्रवृत्ति दिने घोषणा गर्नु भएको छ ।
गौरीशंकर बहुमुखी क्याम्पस चरिकोट दोलखाको ४२ औ वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थोकरले स्नातकोत्तर तहमा अध्ययन गर्नेे वार्षिक १५ जनालाई छात्रवृत्ति प्रदान गर्ने बताउनु भएको हो ।

उक्त कोष स्थापनाका लागि आर्थिक वर्ष ०८०।८१ को नीति तथा कार्यक्रममा समावेश गर्ने अध्यक्ष थोकरले बताउनु भयो । उच्च शिक्षामा विद्यार्थीको आकर्षण बढाउने उद्देश्यले वार्षिक रुपमा ५ लाख वजेट विनियोजन गरी पालिका भित्रका १५ जना विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थोकरले विदेश जाने चक्करमा नलाग्न विद्यार्थीलाई आग्रह गर्नुभयो । उहाँले विद्यार्थीलाई केन्द्रित गर्दै भन्नुभयो,“शैक्षिक उत्कृष्टता देखाउनुहोस्,हामी रोजगारी दिन्छौ ।”

क्याम्पसको वार्षिक दिवस कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पालिका अध्यक्ष थोकरले विद्यार्थी संङ्ख्याको चिन्ता नगरी शिक्षाको गुणस्तर विकासमा लाग्न क्याम्पसलाई सुझाव दिनुभयो । क्याम्पसले विश्व विद्यालयको महत्वाकाक्षाँ छाडेर स्नातकोत्तर तहसम्मको पठन पाठनमा अब्बलता देखाउन आग्रह गर्नुभयो । यसै अवसर पारेर गौरीशंकर क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययन गर्न चाहने  पालिकाका १५ जनालाई वार्षिक छात्रवृत्तिको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

दोलखा जिलु गाउको डोकोको कथा
5 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  दोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ । ४० वर्षदेखी डोको बुनेर जिविकोपार्जन गदै...

प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे
समदृष्टि अनलाइन संवाददाता

प्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनले...

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददाता

नेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...

वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि  द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

.