विश्व रेडक्रश दिवसको अवसरमा विरामीलाई फलफूल वितरण
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
२ सय ५२ औ हेनरी डिउनाको जन्म जयन्ती एवम विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाले सेवामूलक कार्यसहित मनाएको छ ।
मनैदेखि सेवा भन्ने मुलनाराको साथ मनाईएको दिवसको अवसरमा सदरमुकाम चरिकोटमा रहेको पुशपति चौलागाई स्मृति अस्पतालमा भर्ना भएका विरामीहरुलाई फलफूल वितरण गर्दै दिवस मनाएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाका सभापति ईश्वरी प्रसाद दहालले बताउनु भएको । अस्पतालमा भर्ना भएका १५ जना बिरामीहरूलाई भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वर नारायण मानन्धरले स्याउ, अङ्गुरलगायतका फलफूल वितरण गर्नु भएको थियो ।
फलफूल वितरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाका सभापति ईश्वरी प्रसाद दाहाल, पुर्व सभापतिहरु गोकर्ण प्रसाद पोखरेल,हर्क बहादुर श्रेष्ठ, स्वास्थ्य कार्यालय दोलखाका प्रमुख उत्तम खनाल,भीमेश्वर नगरपालिका वडा नम्बर एकका वडाध्यक्ष माधव थामी, वडा नम्वर दुईका स्टालिङ श्रेष्ठ र मेलुङ गाउककपालिका वडा नम्वर छ का कुसुम लामा सहित जुनियर रेडक्रस सर्कल पशुपति कन्यामन्दिर माविका जुनियर विद्यालय,चरिकोट उपशाखा ,मकैबारी उपशाखा र पिपटल बोट उपशाखाहरूको प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददातादोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...
दोलखामा जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता गरिँदै
समदृष्टि अनलाइन संवाददाताजिल्ला भलिबल संघ दोलखाले “दोलखा जिल्ला कप २०८१“ अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।...