भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

ज्येष्ठ नागरिकलाई एमालेको सम्मान

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

चरिकोट । ३० बैशाख

नेकपा एमाले वडा कमिटी भीमेश्वर ४ जिलूले वडाभरीका ५६ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ८० वर्ष उमेर पार गरेका नागरिकलाई कदर गर्दै सम्मान गरिएको हो । ज्येष्ठ नागरिकले विगतमा आफ्नो उर्जाशील समय खर्चेर समाज र देशका लागि गरेको योगदान सम्झेर उहाँहरुलाई सम्मान गरिएको कमिटीका अध्यक्ष गोविन्दराज सापकोटाले बताउनुभयो । आगामी दिनमा बाबुआमाको राम्रो संरक्षण गर्ने छोराछोरीलाई पनि सम्मान गरिने उहाँले जानकारी दिनुभयो ।


जिलूको देउराली पाण्डव पार्कमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि एमाले बागमती प्रदेश कमिटी सदस्य एवं दोलखा इन्चार्ज इश्वरचन्द्र पोखरेलले नेपाली समाजमा बाबुआमालाई गरिने सम्मान कम हुँदै गएकाले संस्कार र संस्कृति जोगाउनु पर्ने बताउनुभयो । कार्यक्रमका विशेष अतिथि दोलखा प्रदेश सभा २ का सांसद भरत केसीले एमालेको सरकारले विगत र वर्तमानमा ज्येष्ठ नागरिकलाई सम्मान गरेको र भविष्यमा पनि नयाँ योजनाहरु ल्याउने बताउनुभयो ।


कार्यक्रमका विशेष अतिथि एमाले बागमती प्रदेश कमिटी सदस्य डबल पाण्डेले बृद्द अवस्था सबै मानवले खेप्नुपर्ने उमेर भएकाले यसबेला संरक्षण, माया र सद्भाव दिन नयाँ पुस्तालाई सिकाउँदै लैजानुपर्ने बताउनुभयो । सम्मान कार्यक्रममा वडाभरका करिब ५ सय वडाबासीको उपस्थिति रहेको थियो ।


सम्मानकै अवसर पारेर वडा कमिटीले ६ वटा जनवर्गीय संगठनहरुको घोषणा गरेको थियो । युवासंघ, अनेमसंघ, किसान महासंघ, उत्पीडित जातीय मुक्ति समाज , भूतपूर्व सैनिक प्रहरी मन्च र भूमि अधिकार मन्चको घोषणा एमाले नेता हरिवंश चौलागाईले गर्नुभएको थियो ।
कार्यक्रममा सबैलाई स्वागत गर्दै पार्टीका वडा इन्चार्ज रामप्रसाद सापकोटाले ज्येष्ठजन समाजका साझा सम्पत्ति भएकाले सबैले सम्मानपूर्वक ब्यवहार गर्न आग्रह गर्नुभयो ।
सम्मान पश्चात गरिएको बनभोजमा विशेष सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो । वडामा सक्रिय रहेका महिला समूहहरुलाई पार्टीका तर्फबाट आर्थिक सहयोग पनि गरिएको थियो । सम्मान कार्यक्रमलाई सहयोग गर्ने स्वदेश तथा विदेशमा रहेका चन्दादाताहरुलाई पनि वडा कमिटीले विशेष धन्यवादसहित प्रशंसापत्र प्रदान गरेको थियो ।

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.