च्छो–रोल्पा अस्पतालमा “ट्रमा युनिट” सञ्चालन
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर ६ पार्टीखोलामा सञ्चालनमा रहेको च्छो–रोल्पा जनरल अस्पताल प्रा.लि चरिकोट दोलखाले आजबाट “च्छो–रोल्पा ट्रमा युनिट” उद्घाटन गरेको छ ।
वाग्मती प्रदेश सदस्य भरत बहादुर केसीको प्रमुख आत्थ्यितामा उदघाटन कायत्र्रmम आयोजना गरिएको हो । जिल्लामा नै पहिलो पटक शुरु गरिएको “च्छो–रोल्पा ट्रमा युनिट”बाट हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर शुरेस थापा सहितको टोलीले सेवा प्रवाह गर्ने अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर विनोद दंगालले जानकारी दिनुभयो । “च्छो–रोल्पा ट्रमा युनिट”बाट हाड जोर्नी सम्बन्धी सामान्य तथा जटिल प्रकृतिका शल्यक्रिया हाडमा राखिएको पाता वा तार निकाल्ने सुविधा जोर्नीमा सुई लगाउने, भाँचिएको ठाउँमा प्लाष्टर लगाउने ,तन्तु वा नसाहरु रिपियर गर्ने गाडि दुर्घटना ,प्रकृति प्रकोप वा घरेलु हिंसाबाट प्रभावित भइ लागेको चोट पटकको उपचार लगायत सम्पूर्ण समस्याको सहज तरिकाले उपचार गरिने डाक्टर दंगाल बताउनु हुन्छ ।
अस्पतालले सेवाग्राहीको आवश्यकतालाई मध्येजनर गर्दै विभिन्न रोगको विशेषज्ञ सेवा थप गर्ने लक्ष्य रहेको अस्पतालका अध्यक्ष पृथ्वी बहादुर श्रेष्ठको भनाई छ । च्छो–रोल्पा ट्रमा युनिट उद्घाटन कार्यक्रममा अस्पतालका अध्यक्ष पृथ्वी बहादुर श्रेष्ठ, दोलखा प्रहरी प्रमुख दिपक खड्का, नेपाल वार एशोसिएसन दोलखाका अध्यक्ष कृष्ण बहादुर बस्नेत ,नेपाल पत्रकार महासंघ दोलखाका उपाध्यक्ष श्रृजन कुमार घिमिरे,हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर शुरेस बहादुर थापा लगायतको उपस्थिति थियो । कार्यक्रमको अवसरमा इन्डोस्कोपी विशेषज्ञ डाक्टर रोमी दहालबाट २० जनाले ईन्डोस्कोपी सेवा लिनु भएको थियो ।
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
धरमघरबासीको फेरिएको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददातादोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...