चर्णावती धाम महायज्ञको तयारी तीव्र,आर्थिक सहयोग आउने क्रम शुरु
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
जेठ १
दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ७ फस्कुस्थित चर्णावती धाममा सञ्चालन गर्न लागिएको महायज्ञको तयारी तीव्र पारिएको छ । जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालानका लागि आयोजना गर्न लागिएको श्रीमद् देवी भागवत महापुराण नवाह ज्ञान महायज्ञ तथा धार्मिक अनुष्ठान कार्यक्रमको तयारी तीव्र पारिएको आयोजकको भनाइ छ ।
आगामी जेठ महिनाको ७ देखि १५ गतेसम्म सञ्चालन हुने महायज्ञको तयारी तयारी तीव्र पारिएको चर्णावती त्रिवेणी विकास तथा प्रवद्र्धन संघ दोलखाका अध्यक्ष गुण बहादुर बुढाथोकीले बताउनु भयोे । उहाँका अनुसार महायज्ञको तयारीको क्रममा आर्थिक सहयोग समेत संकलन हुन थालेको छ ।
चरङ्गे बजारमा निर्माण गरिएको जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालनका लागि सहयोग जुटाउने र प्रचारप्रसार गर्ने उद्धेश्यले गरिएको नवाह ज्ञान महायज्ञमा सुरु हुनु भन्दा अघिबाटनै आर्थिक सहयोग जुटन थालेको हो ।
हिजो (आइतबार) भीमेश्वर नगरपालिका वडा नम्वर ३ का पम्फा राउतले १ लाख १ हजार रुपैयाँ रकम सहयोग गर्नुभएको महायज्ञ दोलखाका प्रचार प्रसार समितिका संयोजक शिवकुमार भुजेलले जानकारी दिनुभयो । उहाँँका अनुसार यस अघि मनिषा श्रेष्ठबाट ५० हजार रुपैयाँ, केशव कटवाल, बबिता बस्नेत र च्छोरोल्पा गौरीशंकर मिडिया प्रालिबाट ५÷५ हजार रुपैयाँ गरी हाल सम्म १ लाख ६६ हजार रुपैयाँ रकम सकलन भई सकेको छ भने यो क्रम जारी रहेको छ ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...