भर्खरै प्रकाशित: आँशुको कथा वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन पानीले फेरिएको धरमघरबासीको जीवन महङ्गो क्यामरा महङ्गो क्यामरा

दोलखालाई गोलभेडामा आत्मनिर्भर बनाउँदै जिलुका युवा

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

दोलखा,जेठ ३

नेपाली युवाहरु वैदेशिक रोजगारमा पलायन हुने क्रम वृद्धि भइरहेको समयमा दोलखा जिलुका युवा भने व्यवसायिक गोलभेडा खेती तर्फ आकर्षित भएका छन् ।
सडकको सहज पहँँचसंगै घरमै बसेर आम्दानी गर्न सकिने भएपछि युवाहरु तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ।
जिल्लाकै परिचित गाउँ जिलु तरकारी उत्पादनका लागि उर्वर भूमिको रुपमा चिनिन्छ । जिलुको तरकारी,दुध र खाद्यान्नले सदरमुकाम चरिकोटका बासिन्दालाई लामो समयदेखि पाल्दै आएको छ । तर कुनै एक व्यवसायले पनि आत्मनिर्भरता बनाउन भने सकेको छैन् ।
दोलखाको भीमेश्वर नगरपालिका वडा नं ४ का युवा रमेश चौलागाईँ र सर्व मावि जिलुमा कृषि बाली विज्ञान अध्ययन गर्नुभएका सोही वडाका सचिन चौलागाईले करिब एक वर्ष अगाडि आपनै ४ रोपनी र भाडामा ४ रोपनी गरी जम्मा ८ रोपनी जग्गा लिएर व्यवसायिक गोडभेडा खेतीको शुरुवात गर्नुभयो ।करिब २० लाखको लगानीमा गरिएको गोलभेडा खेतीबाट दोलखालाई गोलभेडामा आत्म निर्भर बनाउने लक्ष्य छ । अहिले गोलभेडाको उत्पादन शुरु भएर बजार गइसकेको छ ।
अर्गानिक रुपमा उत्पादन गरिएको गोलभेडा खेतीबाट अबको केही समयमा दोलखामा जिलुको उत्पादनले पुग्ने व्यवसायी रमेश चौलागाईको भनाइ छ ।

उहाँ भन्नुहुन्छ,“दोलखाका लागि सातामा ७० देखि ७२ क्रेट गोलभेडा खपत हुन्छ । हामी हप्तामा १ सय क्रेट उत्पादन गर्छौ । यसैले पनि हामी दोलखालाई चाहिने गोलभेडा पु¥याउन सक्छौं । अवदेखि दोलखालीले बाहिरबाट आएको गोलभेडा खानु पर्दैन ।”
यसै वर्ष गोलभेडा फर्ममा कर्मा एण्ड कर्मा जातको गोलभेडा १ सय ६५ ग्रामको फलाउन सफल भएको उहाँको भनाइ छ ।

अहिले पनि मासिक १ लाखको गोलभेडा विक्री हुने गरेको छ । एक मौसममा करिब ४५ लाख बराबरको गोलभेडा विक्री गर्ने लक्ष्य रहेको व्यवसायी चौलागाईँको भनाइ छ ।
दैनिक १५ जनाभन्दा धेरै स्थानीय महिलाहरुले फर्ममा प्रत्यक्ष रोजगारी प्राप्त गर्न सफल भएका छन् । अझै कामदार अपुग छन् ।

रासायनिक विषादीको प्रयोग नगरी परम्परागत जैविक विषादीको प्रयोग गरेर उत्पादन गरिएका गोलभेडाको महत्व उपभोक्तालाई बुझाउन नसक्दा बाहिर बाट आउने विषादीयुक्त गोलभेडासंग प्रतिस्पर्धा गर्न चुनौति रहेको चौलागाईँको गुनासो छ ।

फर्ममा सर्व माध्यमिक विद्यालयमा कृषि बाली विज्ञान अध्ययन गर्ने विद्यार्थीहरु समेत प्रशिक्षण तथा अभ्यासका लागि आउने गरेका छन् ।
भीमेश्वर नगरपालिका वडा नं ४ का वडाध्यक्ष तारानाथ चौलागाईँका अनुसार अहिले पनि ५ देखि ७ जना वैदेशिक रोजगारका लागि वडामा सिफारिस लिन आउँछन् । वडाध्यक्ष चौलागाईँ भन्नुहुन्छ,“युवाको विदेश पलायनता रोक्न कृषिको विकास अनिवार्य शर्त हो । यसका लागि प्रदेश सरकारले लगानी गर्न जरुरी छ । श्रममा जोडिएर काम गर्ने वातावरण बनाउने वडाको अभियान छ । किसानका उत्पादनलाई बजारीकरण व्यवस्थापनको लागि स्थानीय सरकारले पहल गर्ने छ । जिलुलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ । कृषिमा युवाको सहभागिता बृद्धिको लागि वडाले प्राथमिकतामा राखेर काम गर्ने छ ।


गाउँका उत्पादन सहजरुपमा बजार लैजान जिलु भटमासे सडक पक्की हुने क्रममा छ । ५ वर्षे कार्यकालमा वडाभित्रका सबै कृषि सडक निर्वाध रुपमा सञ्चालन गर्न सक्ने बनाएर अर्गानिक उत्पादन गर्दै कृषि हबको रुपमा विकास गर्ने वडाको योजना रहेको अध्यक्ष चौलागाईँको भनाइ छ ।

 

 

वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि  द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददाता

  दोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...

दोलखामा जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता गरिँदै
समदृष्टि अनलाइन संवाददाता

जिल्ला भलिबल संघ दोलखाले “दोलखा जिल्ला कप २०८१“ अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।...

.