चर्नावती महायज्ञको पहिलो दिन नै ६ लाख ८२ हजार भन्दा बढी आर्थिक संकलन
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
जेठ ६
दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ७ फस्कुस्थित चर्नावती धाममा जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालानका लागि आयोजना गरिएको श्रीमद् देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञको पहिलो दिन नै ६ लाख ८२ हजार ७ सय १५ रुपैयाँ रकम नगद आर्थिक संकलन भएको छ । महायज्ञको पहिलो दिनमा सबै भन्दा बढी दोलखाको शैलुङ गाउँपालिका वडा नम्वर ८ का समाजसेवी सोवित उप्रेतीले ३ लाख रुपैयाँ प्रदान गर्नु भएको चर्नावती त्रिवेणी विकास तथा प्रवर्द्धन संघ दोलखाका अध्यक्ष गुण बहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
त्यसैगरी महायज्ञकको पहिलो दिनमानै शैलुङ गाउँपालिका वडा नम्वर ७ मा रहेको भद्रेश्वर कृषि सहकारी संस्थाले १ लाख १ हजार १ सय रुपैयाँ रकम सहयोग गरेको छ भने राप्रपाका केन्द्रिय सदस्य प्रविण कुमार थोकरले १ लाख १ हजार रकम प्रदान गर्नुभएको छ । महायज्ञको पहिलो दिन आज ६ लाख ८२ हजार ७ सय १५ रुपैयाँ रकम संकलन भएको हो ।
यता शैलुङ गाउँपालिकाले १५ लाख रुपैयाँ रकम दिने घोषणा गरेको छ । पालिका अध्यक्ष रिमाल बाबु श्रेष्ठले महायज्ञको उद्घाटन कार्यक्रमको अवसरमा १५ लाख रुपैयाँ रकम अक्षयकोषमा राख्ने घोषण गर्नुभएको हो । त्यसैगरी मेलुङ गाउँपालिकाले जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालनका लागि अक्षयकोषमा १० लाख रुपैयाँ प्रदान गर्ने घोषण गरेको छ । जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालनका लागि आगामी आर्थिक वर्ष २०८०÷०८१को बजेटमा १० लाख रुपैयाँ रकम अक्षयकोषमा राख्ने गाउँपालिकाका अध्यक्ष हिराकुमार तमाङले घोषणा गर्नुभएको छ ।
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददातापुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...