तीन दिनमा महायज्ञमा ७२ लाख रकम सङ्लन
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
जेठ १०
दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ७ फस्कु स्थित चर्णावती धाममा जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालान तथा चर्नावती त्रिवेणी रामघाट धामलाई धार्मीक पर्यटकीय स्थानको रुपमा विकास गर्ने उद्धेश्यले यहि जेठ ७ गतेबाट सुरु गरिएको श्रीमद् देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञ तथा धार्मिक अनुष्ठान कार्यक्रममा हाल सम्म ७२ लाख ६३ हजार १ सय ८३ रुपैयाँ रकम प्राप्त भएको छ । महायज्ञ १९ लाख ३ हजार १ सय ८३ रुपैयाँ रकम नगदै संकलन भएको छ । जेठ ७ गतेबाट सुरु भएको महायज्ञमा तीन दिनको अवधिमा मात्रै नगदनै १९ लाख ३ हजार १ सय ८३ रुपैयाँ रकम संकलन भएको छ भने विभिन्न व्यक्ती तथा संस्थाहरुबाट ५३ लाख रुपैयाँ रकम दिने प्रतिवद्धता सहित उक्त अवधिमा मात्रै ७२ लाख ६३ हजार १ सय ८३ रुपैयाँ रकम संकलन हुने भएको चर्णावती त्रिवेणी विकास तथा प्रबर्द्धन संघ दोलखाका अध्यक्ष गुण बहादुर बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको वैतेश्वर गाउँपालिकाले १५ लाख ६० हजार, शैलुङ गाउँपालिकाले १५ लाख र मेलुङ गाउँपालिकाले १० लाख रुपैयाँ रकम अक्षयकोषमा राख्ने घोषण गरेका छन् । त्यसैगरी दोलखाको भीमेश्वर नगरपालिकाका समाजसेवी एव राजनीतिज्ञ तथा व्यावसायी प्रभुराम श्रेष्ठले ११ लाख रुपैयाँ र पुर्व पर्यटन संस्कृति तथा नागरिक उड्यायन मन्त्री आनन्द प्रसाद पोखरेलद्धारा १ लाख रुपैयाँ र पुर्व सुचना सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरुङ मार्फत मकरमाया जितु प्रतिष्ठानको तर्र्फ १ लाख रुपैयाँ दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...