भीमेश्वर नगरपालिकाको आयोजनामा माउन्टेन बाइक रिले दौड
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददातारविता महत
भीमेश्वर नगरपालिकाको आयोजनामा सञ्चालन हुन लागेको माउन्टेन बाइक रिले दौडको उद्घाटन दोलखा सदरमुकाम चरिकोटबाट गरिएको छ ।
गणतन्त्र दिवसको अवसर पारेर यति ओरिजिन्सले सञ्चालन गर्न लागेको माउन्टेन बाईक रिले दौड (सिजन–एक) को आज एक कार्यक्रमका प्रतिनिधि सभा सदस्य गंगा कार्कीले एका कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो ।
दोलखाको पर्यटकीय नगर भीमेश्वर नगरपालिकालाई साहसिक खेलको हबका रुपमा स्थापित गराउने उद्देश्यले खेलको आयोजना गरिएको भीमेश्वर नगरका नगर प्रमुख इश्वर नारायण मानन्धरले बताउनुभयो ।
बाइक रिडे दौडमा ४ जना विदेशी सहित ४० जना नेपाली राइडर रहेका छन् । प्रत्येक ४ जनाको ग्रुपमा १ जना महिला राइडर अनिवार्य रहेको रेस डाइरेक्टर भुपेन्द्रमान श्रेष्ठको भनाइ छ ।
कालिञ्चोक मन्दिरदेखि नागदहसम्मका ४ रुटहरुमा हुने सो प्रतियोगिता १५ गते १० बजेबाट शुरु हुने आयोजकको भनाइ छ । भोलि ट्रायल रेस हुनेछ ।
चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा आजबाट श्रीमद्भागवत महापुराण सञ्चालन भएको छ । आज विहिबार घटस्थापनाको अवशर पारेर दोलखाका प्रमुख जिल्ला...
साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु
समदृष्टि अनलाइन संवाददाता१३ असोज, काठमाडौं । पहिरोमा परेर नेपाली सेनाका एक लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी)को मृत्यु भएको छ । मृत्यु...
केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह
समदृष्टि अनलाइन संवाददाताआउँदो चार दिन वर्षाको मध्यम प्रभावको उच्च सम्भावना रहेको छ । “प्रभावमा आधारित मौसम पूर्वानुमान बुलेटिन–२२)भिमेश्वर नगरपालिकाका अनुसार...
दशैँको अवसरमा चरिकोटमा महापुराण आयोजना गरिने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा श्रीमद्भागवत महापुराण सञ्चालन गरिने भएको छ । यही आश्विन १७ देखि आश्विन २५ गतेसम्म दोलखा...
गौरीशङ्कर क्याम्पसमा गेष्ट लेक्चर मार्फत विशेष तयारी कक्षा
समदृष्टि अनलाइन संवाददातागौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोट दोलखामा विभिन्न विषयमा गेष्ट लेक्चर मार्फत परीक्षा विशेष तयारी कक्षा सञ्चालन गरिएको छ...
पुस्तकालयको आयोजनामा प्राथमिक उपचार सम्बन्धी तालिम
समदृष्टि अनलाइन संवाददातासमूदायमा आधारित आधारभूत खोज तथा उद्धार प्राथमिक उपचार सम्बन्धी तालिम दोलखाको सदरमुकम चरिकोटमा सुरु भएको छ । गौरीशंकर पुस्तकालय...