क्याम्पसका विद्यार्थीलाई उद्यमशीलता सम्बन्धी तालिम
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
गौरीशंकर बहुमुखी क्याम्पस चरिकोटमा अध्ययनरत विद्यार्थीका लागि उद्यमशीलता विकास तालिमको आयोजना गरेको छ । विद्यार्थीहरुलाई उद्यमी बन्न प्रेरणा दिने उद्देश्यले तालिमको आयोजना गरिएको सहायक क्याम्पस प्रमुख सुवास रिमालले बताउनु भयो । जता हेरेपनि अवशर देख्न सक्ने जनशक्ति उत्पादनका लागि प्रविधिको ज्ञानसंगै उद्यमशीलताका विषयमा सक्षमता प्रदान गर्न तालिम आयोजना गरिएको सहायक क्याम्पस प्रमुख रिमालको भनाइ छ।
भीमेश्वर नगरपालिका उपप्रमुख कमला बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख बस्नेतले युवालाई नयाँ व्यवसायहरु सञ्चालन गर्न नवीन सोचको विकास गरी व्यवसायिक बन्न आग्रह गर्नुभयो । “हामीसंग प्रसस्त स्रोत छ, आफ्नो क्षमताको पहिचान गर्नुहोस् । स्रोतलाई चिनेर आर्थिक उन्नतिमा लाग्नुहोस् । हामी तपाईको साथमा छौ ।”उपमेयर बस्नेतले विश्वास दिलाउनुभयो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सभाध्यक्ष एवम क्याम्पस सञ्चालक समितिका सदस्य शङ्करलाल श्रेष्ठले क्याम्पसले विश्व विद्यालयको शैक्षिक प्रमाणपत्र प्रदान गर्नुका साथै व्यवसायिक दक्षता विकासका लागि गरेको कामको महत्वका बारेमा प्रकाश पार्नुभएको थियो । उहाँले पढेपछि कि जागिर खाने कि त विदेश जाने संस्कृतिको विकास भएको छ । अवका दिनमा विश्व विद्यालयको शिक्षा युवालाई उद्यमी बनाउने कुरामा केन्द्रित भएर जानुको विकल्प नभएको धारणा राख्नुभयो । व्यवसायिक सचेतना छ भने झरेका पात पनि पैसामा रुपान्तरण हुन्छन् उहाँले भन्नुभयो । कार्यक्रममा मन्तव्य राख्दै सभाध्यक्ष श्रेष्ठले आफूुुुुुसंग भएको प्रतिभालाई उजागर गर्न क्याम्पसले आयोजना गरेको तालिम अवशरका रुपमा प्रयोग गर्न विद्यार्थीलाई आग्रह गर्नु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गरीवि निवारणका लागि लघु विकास कार्यक्रम मेडपाका फोकल पर्सन नारायण प्रसाद सेढाईले जागिरे मानसिकता छाडेर व्यवसाय विकासमा लाग्न विद्यार्थीलाई सुझाव दिनुभयो ।
गौरीशंकर बहुमुखी क्याम्पस चरिकोट दोलखाको आयोजना तथा भीमेश्वर नगरपालिकाको समन्वय र नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा तालिमको आयोजना गरिएको हो ।
१८ दिनसम्म सञ्चालन हुने तालिममा २५ जना विद्यार्थीको सहभागिता रहेको छ । ८ दिन उद्यमशीलता विकास र बाँकी १० दिन ग्राफिक डिजाइन सम्बन्धी कार्यक्रम रहेको आयोजकको भनाइ छ ।
दोलखा जिलु गाउको डोकोको कथा
6 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ । ४० वर्षदेखी डोको बुनेर जिविकोपार्जन गदै...
प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे
समदृष्टि अनलाइन संवाददाताप्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनले...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...