भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

च्छोरोल्पा अस्पतालको ट्रमा इकाई प्रभावकारी बन्दै

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

रविता महत
दोलखा कालिञ्चोक गाउँपालिका बावरे वडा नम्बर ९ कि ५० वर्षिया रिता पाण्डे घाँस काट्न जाँदा जेठ २९ गते लड्नुभयो । लडेर बायाँ खुट्टामा भाच्चिएपछि नजिकैको अस्पताल सिंगटी सामुदायिक अस्पताल पुग्नुभयो । सिंगटी सामुदायिक अस्पतामा उपचार सम्भव नभएपछि चरिकोट स्थित सामुदायिक अस्पताल पुगेको देवीका श्रीमान् दल बहादुर पाण्डे बताउनुहुन्छ । खुट्टाको शल्यक्रिया गर्नुपर्ने अवस्था देखिएपछि चरिकोटको सामुदायिक अस्पतालबाट च्छो–रोल्पा जनरल अस्पतालमा आइपुग्दा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरबाट शल्यक्रिया हुने थाहापाए पछि निक्कै खुशी लागेको वताउनुहुन्छ । पाण्डे भन्नुहुन्छ–काठमाण्डौं जान खर्चिलो र झन्झट हुन्थ्यो हड्डीको ठूलो डाक्टर यहि भएपछि हामीलाई ढुक्क भयो । एकै दिन बैतेश्वर गाउँपालिकाका १२ वर्षिया विराज श्रेष्ठ पनि दाँया हात झुन्ड्यादै च्छो–रोल्पा अस्पताल भित्र पसे । बल खेल्दै गर्दा लडेका विराजको दाँया हात भाच्एिपछि सिधै च्छो–रोल्पा अस्पताल लिएर आएको विराजकी आमा दिलमाया श्रेष्ठ वताउनुहुन्छ ।

रेडियोबाट हाडजोर्नीको डाक्टर हुनुहुन्छ भन्ने सूचना पाएपछि च्छो–रोल्पा अस्पतालमा आएको दिलमायाको भनाई छ । दिलमाया भन्नुहुन्छ–“आउने वित्तिकै नकुराई समयमानै अप्रेशन भयो काठमाण्डौ लानु पर्छ भन्ने चिन्ता थियो सबै उपचार छिटो भयो । ”दोलखा बैतेश्वरकी ३५ वर्षिया एक कुमारी श्रेष्ठको पनि भाच्चिएको हात लिएर अस्पताल आइपुग्नु भयो । एक्स–रेको रिपोर्ट पछि शल्यक्रिया नै गर्नु पर्ने देखियो । एकै दिन तीन जना विरामी शल्यक्रिाया गर्नु पर्ने समस्या लिएर आएपछि दोलखाबाटै हाडजोर्नी विशेषज्ञ सेवा दिन पाउँदा खुशी लागेको बताउनुहुन्छ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर डाक्टर सुरेश बहादुर थापा ।
बैशाख २९ गतेबाट हाडजोर्नी विशेषज्ञ डाक्टर डाक्टर शुरेश बहादुर थापाको नेतृत्वमा ट्रमा इकाई सुरु भएपछि हाडजोर्नी सम्बन्धी उपचार सहजरुपमा दिन सकिएको मेडिकल डाइरेक्टर डाक्टर विनोद दंगाल बताउनु हुन्छ । ट्रमा ईकाई सञ्चालनमा आएपछि ३० ओटा भन्दा वढि जटिल प्रकृतिको शल्यक्रिया गरिसकिएको डा दंगाल बताउनुहुन्छ ।

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.