भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

नेतृत्वको माग गर्दै भीमेश्वरका महिला शिक्षक

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

शैक्षिक संस्थामा नेतृत्वको माग गर्दै भीमेश्वरका महिला शिक्षकले नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । विद्यालयका प्रशासनिक,व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ लगायतका शैक्षिक संस्थामा महिलाको नेतृत्व वृद्धि गर्न माग गर्दै ध्यानाकर्षण गराइएको नेपाल राष्ट्रिय शिक्षक संगठन भीमेश्वर नगर कमिटि महिला विभाग इन्चार्ज लक्ष्मी भुजेलले बताउनुभयो ।
ध्यानाकर्षण पत्रमा दोलखाको एउटा छात्रा मात्र अध्ययन गर्ने सामुदायिक विद्यालय पशुपति कन्यामन्दिरको नेतृत्व महिलाहरुलाई दिएर नमूना छात्रामैत्री विद्यालयको रुपमा विकास गर्न ध्यानाकर्षण पत्र मार्फत अनुरोध गरिएको छ ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन महिला विभाग भीमेश्वर नगर कमिटी दोलखाले बुझाएको ध्यानाकर्षण पत्रमा करार शिक्षक छनौट समितिमा महिला शिक्षकलाई विषय विज्ञको रुपमा प्राथमिकता दिनुपर्ने, प्रारम्भिक बालविकास सहयोगी कार्यकर्ता, विद्यालय सहायक र विद्यालय सहयोगीको रोजगारी सुनिश्चित गरी समयसापेक्ष सेवा सुविधा बढाउनुपर्ने, कर्मचारी सञ्चयकोष तथा विमाको व्यवस्था गरी पेशागत सुनिश्चित गरिनुपर्ने, विद्यालयमा स्तनपानकक्षको व्यवस्था गरिनुपर्ने विषय उल्लेख गरिएका छन् ।


भीमेश्वर नगर इन्चार्ज लक्ष्मी भुजेलद्वारा हस्ताक्षरित १२ बूँदे ध्यानाकर्षण पत्रमा महिला शिक्षकहरुलाई पायक पर्ने गरी पदस्थापन गरिनुपर्ने र रिक्त हुन आउने स्थानमा प्राथमिकतामा राखी सरुवा गर्नु पर्ने, सुत्केरी सट्टा शिक्षकको सुविधा व्यवस्थापन गर्नुपर्ने, विद्यालय नर्सको व्यवस्थापन थप मजबुत बनाइ अन्य विद्यालयमा समेत सेवा विस्तार गरिनुपर्ने, शिक्षा ऐन तथा नियमावलीका आधारमा प्रधानाध्यापक छनोट गरी कार्यसम्पादन करार सम्झौता गराइ नियुक्ति गर्नुपर्ने र महिला शिक्षकलाई प्राथमिकता दिइ प्रधानाध्यापक बनाउनुपर्ने, सङ्घीय सरकारले उपलब्ध गराएको दिवा खाजा रकम दैनिक रु ३० पु¥याउनुपर्ने र प्रशिक्षक प्रशिक्षण, क्षमता विकास तालिम तथा अन्य नेतृत्व विकास तालिममा महिला शिक्षकलाई समावेश गरिनुपर्ने माग समेत यसमा राखिएको छ ।

भीेमेश्वर नगरपालिकाका नेपाल राष्ट्रिय शिक्षक संगठनमा आवद्ध महिला शिक्षकहरुको उपस्थितिमा बुझाइएको ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख इश्वरनारायण मानन्धरले महिलाको संवेदनशीलताका विषयमा आफू गम्भीर भएर लाग्ने प्रतिवद्धता जनाउनुभयो । महिला शिक्षकसंग अन्तरक्रिया गर्दै प्रमुख मानन्धरले भन्नुभयो,“निर्वाचन घोषणापत्रमा पनि मानवीय संवेदनाका सवाललाई प्राथमिकतामा राखेको थिएँ । महिलाका पीडा र मर्मलाई मैले गहिरिएर मनन गरेको छु । विधि र पद्धतिले भ्याएसम्म महिलाका सवालमा अन्याय हुन दिने छैन ।”
ध्यानाकर्ष पत्र भीमेश्वर नगरपालिका अन्तरगत शिक्षा, युवा तथा खेलकुद शाखा र शिक्षा विकास तथा समन्वय इकाई दोलखालाई समेत बुझाइएको छ ।

 

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.