भर्खरै प्रकाशित: भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत मेरी फुपू,सबैकी फुपू निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण व्युटीसियन हुदै वडासदस्यसम्मको जिम्मेवारी सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम

दोभाषे नहुँदा बहिरा नागरिक अधिकारबाट वञ्चित

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

रविता महत 
दोलखाको भीमेश्वर नगरपालिका वडा नम्वर ५ का विष्णु बहादुर कार्कीलाई साङ्केतिक भाषा सम्बन्धी दोभाषेको व्यवस्था नहुँदा काम गर्न  समस्या भएको छ । राम्रो सँग बोल्न र सुन्न समेत नसक्ने कार्कीलाई सार्वजनिक कार्यालयमा सांकेतिक भाषाको दोभाषे नहुँदा काममा  निक्कै समस्या भएको छ ।
भीमेश्वर नगरपालिका वडा नं ५ स्थायी बसोबास भएका कार्कीले दोभाषे नभएकै कारण वडाको योजनाबाट समेत वञ्चित हुनुपर्यो ।

चालु आर्थिक वर्ष २०७९÷८० मा कुखुरा पालन व्यवसायका लागि वडामा प्रस्ताव गर्नुभयो । प्रस्ताव पनि पास भयो । व्यवसायपनि शुरु भयो । तर भाषा नबुझेकै कारण आवश्यक कागजात पु¥याउन नसक्दा बजेट प्राप्त गर्न सक्नुभएन । उहाँका कुरा न त कर्मचारीले बुझ्न सके न त कार्कीले नै कर्मचारीका कुरा बुभ्नुभयो । कुुुुुुुुुुुुुुरा बुझाउने दोभाषे नहुँदा उहाँको काम पूरा गर्न सकिएको छैन् ।
वडा कार्यलयमा साङ्केतिक भाषा बुझ्ने कर्मचारीको अभावका कारण एउटा कामका लागि पाँच पटकसम्म पुग्नु परेको अनुभव कार्कीसंग छ । कार्की एउटा प्रतिनिधि पात्रमा मात्रै हुनुहुन्छ । कार्कीको जस्तै पीडा जिल्लाका ८० जना बहिराहरुले भोग्नु परेको छ । जिल्लामा सांकेतिक भाषासम्बन्धी ज्ञान भएका व्यक्ति राख्न तर्फ सरोकारवालाहरुको ध्यान जान नसक्दा बोल्न तथा सुन्न नसक्ने पीडितको समस्या बुझन कठिन भएको बहिरा संघ दोलखाले जनाएको छ ।

सरकारी तथा सार्वजनिक संघसंस्थामा मात्रै होइन दोभाषे नहुँदा अस्पतालमा पनि उत्तिकै समस्या भोग्नु परेको अनुभव वहिरा प्राथमिक विद्यालयका प्रधानाध्यापक गुणराज सुवेदीले सुनाउनुभयो । भाषा नबुझैकै कारण रोगको पहिचान फरक भएको र औषधी पनि गलत सेवन गर्न बाध्य छन् वहिराहरु ।
प्रधानाध्यापक सुवेदीका अनुसार दोभाषेको व्यवस्था नहुदाँ बहिराहरुलाई, राज्यका सबै प्रकार सेवाहरु लिनका लागि निकै कठिन हुने गरेको छ ।
जिल्लामा एक जना मात्रै दोभाषे हुने हो भने दोभाषे मार्फत उनीहरुलाई सहजीकरण गर्न सहज हुने उहाँको भनाइ रहेको छ ।

बहिराहरुलाई स्वास्थ्य सेवा लिन होस वा प्रशासन सेवा लिन निक्कै कठिन छ । स्थानीय तहमा आउने कतिपय यौन शोषणका घटनाहरूका पीडित कान नसुन्ने तथा बोल्न नसक्ने भएकै कारण न्यायलयले दिने न्याय सम्पादनमा पनि समस्या हुने गरेको अधिकारकर्मी सिर्जना कार्कीको भनाइ छ । सार्वजनिक सेवा प्रदान गर्ने निकायमा दोभाषेको व्यवस्था नहुँदा जटिल प्रकृतिका घटना समेत ओझेलमा पर्ने र पिडकहरु उम्कने र पटक पटक घटना दोहोरी रहने अवस्था रहेको अधिकारकर्मी कार्कीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार यो आर्थिक वर्षमा मात्रै सुष्त श्रवण भएका महिलामा हुने जवरजस्तीकरणी सम्बन्धी ५ वटा मुद्दा दर्ता भएका छन् । ती मध्ये ३ हाडनाता करणीका रहेको प्रहरीको भनाई छ ।
दोभाषे नहुँदा र कतिले त साङ्केतिक भाषा नै नबुझ्दा धेरै मुद्दाहरु दर्ता गर्न नै कठिन भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । निक्कै समस्या भएपछि मात्र जिल्ला प्रहरी कार्यालयको अनुरोधमा विशेष मुददामा मात्रै नेपाल राष्ट्रिय बहिरा महासंघ केन्द्रले दोभाषेको व्यवस्था गर्ने गरेको छ ।

वहिराहरुको समस्यालाई ध्यानमा राखी वहिरा संघ दोलखाले सार्वजनिक सेवा प्रदायक संस्थामा दोभाषेको व्यवस्था गर्न माग गर्दै आएको छ । यता जिल्लाका ९ वटै स्थानीय तहहरुमा संयुक्त रुपमै भएपनि दोभाषे राख्नका लागि पहल गर्ने जिल्ला समन्वय समिति दोलखाका प्रमुख वर्जुराम घतानीले वताउनुभयो.।
राज्यले सबै नागरिकका लागि समान अधिकार प्रदान गरेको छ । कानुनका दृष्टिले सबै समान छन् । तर पनि राज्यका कति नागरिकहरु विभिन्न कारणले पछाडि परेको तितो यथार्थ हामीसंग जताततै देख्न सकिन्छ । यसर्थ वहिराहरुको माग सम्बोधन गरी अरु नागरिक सरह सम्मानजनक बाच्ने अधिकार सुनिश्चित गर्नको लागि राज्यले आवश्यकताका आधारमा दोभाषेको व्यवस्थापन गर्नु अपरिहार्य देखिन्छ ।

भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...

भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...

मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...

निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाता

  शान्ति निहारिकाद्वारा लिखित  “चट्याङको मूर्च्छना” उपन्यास  लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...

सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददाता

मन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...

मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददाता

पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...

.