जेष्ठ नागरिकको एक्लोपनको साथी पौराणिक भजन र श्लोक
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
रविता महत/
मानिस सामाजिक प्राणी हो । मानिस समाजभित्रै आफूलाई समर्पित गर्छ । जब उमेर वित्दै जान्छ ,उसको सबैभन्दा प्रिय आफ्नै परिवार हुन्छ । तर विडम्बना ! जतिबेला परिवारको साथ र सहारा चाहिने हो त्यही समयमा एक्लो हुँदा कस्तो होला ? समय र परिवेशले एक्लो बन्न बाध्यभएका जेष्ठ नागरिकको मन भुलाउने साधन अहिले रेडियो र पौराणिक भजन श्लोक भएका छन् ।
दोलखा गौरीशङ्कर गाउँपालिका वडा नं ८ खारे निवासी अनन्त वहादुर कुँवर ८७ वर्ष हुनुभयो । उहाँका श्रीमति २ छोरी,२ छोरा ८ जना नाति नातिनी छन् । तर उहाँ एक्लै बसेको २० वर्ष वित्यो । “उमेर ढल्कदै गएपनि काठमाण्डौँ बस्न मन लागेन, बरु एक्लै बस्यो आनन्द छ” । जेष्ठ नागरिक कुँवरको भनाइ छ । शहरमा भ्यालखाना जसरी बस्नु पर्ने भएकै कारण अनन्त बहादुरलाई गाउँ नै प्यारो लाग्छ । उहाँ पुराना दिन सम्झदै भन्नुहुन्छ,“पहिले बाउआमाको सहयोगको लागि विहे गर्ने चलन थियो । बाआमालाई साथी छाडेर परदेश जान्थे । अहिले त विहेको कुरो छिन्न नपाई काठमाण्डौंमा कोठा खोज्न थाल्छन ।”
दोलखाको खारे स्थायी ठेगाना भएका जेष्ठ नागरिक कुँवर २२ महिना र भाइ १३ दिनको हुँदा आमाको निधन भएको थियो । धाईआमाहरुको संरक्षणबाट हुर्केका ५ भाइ मध्यका काइँदा भाइ कुँवरको बाल्यकाल खारे मामाघरमा सुखद वातारणमा वित्यो । कुँवरको पूख्र्र्याैली घर भीमेश्वर नगरपालिका घोक्सिला हो । कँुवर बालक हुँदा नै आमाको निधन भएका कारण मामाघरको संरक्षणमा हुर्काइ,बढाई अनि पढाइ पनि उतै भयो ।
तिक्ष्ण क्षमता भएका कँुवरले गाउँघरमा नै गुरुबाट जीवन उपयोगी शिक्षा प्राप्त गर्नुभयो । २५ वर्षको उमेरमा नेपाली सेनामा जागिर शुरु गर्नुभएपछि जागिरमै एसएलसी पनि पूरा गर्नुभयो । सेनाको जागिर बीचमै छाडेर गाउँ फर्केका कुँवर फेरि गाउँघरतिरै जीवन व्यतित गर्न लाग्नुभयो । विस्तारै समयले गति बढायो । बुढ्यौलिले छुँदै गयो । छोराछोरी कमाउने भए । काठमाण्डौँतिर बसोबासको व्यवस्था गरे । तर बृद्ध कुँवरलाई काठमाण्डौँ बस्ने मोह लागेन । अहिले विभिन्न श्लोकहरु गाउने, काँचो धागोबाट जनै बनाउने काम गरेर दिन बिताउने गर्नुहुन्छ । अहिले जेष्ठ नागरिक कुँवरको साथी रेडियो अनि आफूले जानेका पुराना श्लोक,कहानी,कहावत नै बनेका छन् ।
दोलखा कालिञ्चोक गाउँपालिका लापिलाङकी ७९ वर्षीय राम रेखा भण्डारीले १५ वर्षको उमेरमा विवाह गर्नुभयो । १९ वर्षको उमेरमा श्रीमानको मृत्यु भयो । पुर्खाको धर्म धान्न बाल विधवा भएपनि श्रीमानकै जन्मथलोमा बसेर ७९ वर्ष गुजार्नुभयो । दिन उमेरमा त खेतीपाती,बस्तुभाउ,इष्टमित्र भन्दै जीवन चल्दै गयो । जीवन खुसले होइन निक्कै दुख र कष्ट अनि असुरक्षाको महशुस गर्दै वित्यो । ६ दिदिबहिनी, २ दाजुभाईको साथमा हुर्कनुभएकी रामरेखा भण्डारीले जीवनको अधिकाशं काल एक्लो बनेर विताउनुभयो । “बाल्यकालमा सिकेका विभिन्न धर्मशास्त्रका श्लोक गाएर मन भुलाउने गरेको छु । कतिले त एक्लै बौलाइ पनि भन्छन् अनि पनि गाउँन छाड्दिन । श्लोक गाउँदा पुराना व्यथाहरु विर्सने र आत्मामा शान्ती मिल्छ । मेरो त साथी नै रेडियो अनि आफूले जानेको भजन श्लोक छ -उहाँले भन्नुभयो ।
दोलखा जिल्ला तामाकेशी गाउँपालिका वडा नं २ झुले निवासी ८५ वर्षीय प्रेम वहादुर कार्कीको भोगाइ पनि कम छैन । उहाँको १२÷१५ जनाको परिवार छ । दिन उमेरमा राजनीति र समाजसेवामा सक्रिय कार्की अहिले एक्लो जीवन व्यतित गरिरहनु भएको छ । कार्कीकी श्रीमतिको निधनपछि कार्कीलाई एक्लोपनले सताएको थियो ।
अहिले त भएका सबै सन्तानहरु कोही काठमाण्डौं,कोही अमेरिका अनि देशपरदेश भएपछि मन विरक्तिएको छ । सन्तानको सहयोगमा पटक पटक अमेरिका पुग्नुभएका कार्कीलाई कतैपनि रमाइलो लाग्दैन । अमेरिका गएपनि काठमाण्डौ भएपनि मेरो जन्म गाउँ झुलेजस्तो प्यारो कतै छैन् । सन्तान वरिपरी राखेर बस्न पाए भोक पनि लाग्दैनथ्यो । समयले यो के बनायो ?” कार्कीले भावविव्हल हुँदै पीडा व्यक्त गर्नुभयो । “समय र परिस्थितिले सन्तान टाढा बनायो । कतै बसेपनि मन शान्ति हुुुुुुुँदैन । छोराछोरी काठमाण्डौँ बस्न आग्रह गर्छन तर जता बसेपनि सबै सन्तान छैनन् ।” उहाँले गुनासो गर्नुृभयो ।
“मनका पीडा भुलाउन पुराना बाउबाजेले सिकाएका शास्त्रका भजन श्लोक गुनगुनाउँछु । रेडियो सुन्छु । मनका पीडा कागजमा कविताका रुपमा कोर्छु, यही मेरो एक्लोपनको साथी हो” कार्कीले भन्नुुुुुभयो ।
दोलखा बैत्यश्वरकी ईश्वरी कुमारी भण्डारीको पनि अबस्था उस्तै छ । ९ सन्तानकी आमा भण्डारीको पनि एक्लोपन भुलाउने साधन पुराना श्लोक नै हुन् । ५ भाइ छोरामध्ये २ छोराको निधने विछिप्त बन्नुभएकी बृद्ध भण्डारी पीडा गुनेर गीत,श्लोक बनाएर गाउँनुुहुन्छ । रुँदै गाउँदै गर्दा पीडा पनि कम हुन्छ ।
“सन्तान त कति हुन कति, को कता पुगे । सबैको व्यवहार आआफ्नै छ । छोरीहरु घरघर गए । कोही छोरा आफूभन्दा अगाडि स्वर्गको बाटो रोजे । कोही पेसा व्यवसाय गर्न कता पुगे । म एक्ली बुढी पीडा भुुुुुुुुल्याउन भजन कथ्छुुुुु, श्लोक गाउँछु, जीवनका पीडा जोडेर गीत गाउँदै बाँचेकी छु ”–भण्डारीले दिनचर्या सुनाउनुभयो ।
कालिञ्चोक गाउँपालिकाका ठग प्रसाद खतिवडाको पनि एक्लोपनको पीडा कम छैन । लामो समयदेखि एक्लै बस्दै आउनुभएका खतिवडालाई पनि छोराछोरीले संगै बस्न आग्रह नगरेका होइनन् । उनीहरु पेसा व्यवसाय गर्न गाउँ बाहिर छन् तर ठग प्रसादलाई जान मन लागेन । जीवन साथीको अल्पायूमै निधन भयो । अहिले शास्त्रीय भजन कृतनमा ध्यान मग्न भएर जीवनलाई खुसी र सुखी राखेको उहाले बताउनुभयो ।
दोलखा कालिञ्चोक ७ झमार्सीका ९३ वर्षीय जेष्ठ नागरिक लाल बहादुर राउत को जीवन त्यस्तै थियो । दाजु भाइ दिदी बहिनी सबै संयुक्त परिवारमा रहदा १२÷१५ जनाको परिवार हुन्थ्यो । विहेपछि परिवार छुट्टियो । छोराछोरी भए । जिम्मेवारी थपियो । कहिले परदेश त कहिले खेती किसानी गर्दै छोराछोरी हुर्काउने बढाउने काम सकियो । सबै आपनै मेलो गर्ने भए । विहेवारी भयो । छोराछोरी टाढिँदै गए । विभिन्न रोगका कारण जीवनसाथीको मृत्यु भयो ।
सामाजिक काममा रुचि राख्ने राउत भजन र श्लोक गाउँन निक्कै सिपालु हुनुहुन्थ्यो । समाजका सबैले रुचाउँथे । सबैको हाइहाइ थियो । सामाजिक घुलमिल,सबैको प्रिय पात्र राउत आजभोलि लामो समय भयो, एक्लो जीवन विताइरहनु भएको छ ।
९३ वर्षको उमेरमा पनि आपनो सरसरफाई,खानपान,जीवन गुजाराको व्यवस्थापन आफै गर्नुपर्छ । राज्यले दिएको सामाजिक सुरक्षाभत्ता निक्कै सहयोगी भएको छ । त्यही भत्ताको भरमा जीवन चलेको बताउनु हुन्छ जेष्ठ नागरिक राउत ।
साथमा एउटा लौरो छ । एक्लै दिक्क लाग्दा दिनभर गाउँटोल डुलेर दिन वित्छ । रात काट्न निक्कै कठिन हुन्छ । आफूले दिन उमेरमा सिकेका भजन,श्लोक गाएर समय व्यतित हुन्छ । ठूलो स्वरले श्लोक गाउँदा पनि अरुले रिस गर्छन । तैपनि मन भुलाउन तीनै श्लोक सहारा बनेका छन् ।
रेडियो शैलुङ दोलखाले प्रत्येक साता जेष्ठ नागरिकसंग गर्ने गरेको कुराकानीको आधारलाई मान्ने हो भनेपनि लगभग सत प्रतिशत जेष्ठनागरिकले एक्लोपनको महशुस गर्ने गरेका छन् । उनीहरुले गाउँ टोल बस्तीमा जेष्ठ नागरिक आरोग्य केन्द्र भए उस्तै उमेरकासंग पीडा साट्न सहज हुने बताएका छन् ।
आजको पुस्तामा जेष्ठनागरिकको समस्या समाधान गने समयको समेत अभाव देखिन थालेको छ । एकल परिवारको सङ्ख्या बढ्दै जानुुुले जेष्ठजनप्रति गने व्यवहारिक ज्ञानको समेत अभाव छ । जेष्ठ नागरिकहरुको एक्लो बसाइ चुुुुुुुुुुुुनौति बन्ने देखिन्छ ।
दोलखाका अधिकाशं जेष्ठ नागरिकहरुको एक्लोपनको कारण सन्तानहरु देश परदेश पुग्नु,श्रीमान् वा श्रीमतिको निधन हुनु, पारीवारिक रुपमा मन नमिल्नु,पुराना पुस्ता र नयाँ पुस्ता बीच प्रविधिको प्रयोगको तालमेल नमिल्नु,जन्मदरमा कमी आउनु,वैवाहिक तरिकामा फेरवदल हुनु,सम्बन्ध विच्छेद,शहरीकरण,विश्वव्यापीकरण नै जेष्ठ नागरिकका एक्लोपनका मुख्य कारण हुन् ।
जेष्ठ नागरिकमा देखिएको एक्लोपनको कारणले नसासम्बन्धी रोग, पक्षघात, स्मरणशक्तिमा ह्रास, कुण्ठा, चिन्ता, आत्महत्याको चाहना, शारीरिक अस्वस्थताजस्ता समस्या देखिने स्वास्थ्यकर्मीको भनाइ छ । तसर्थसमयमानै जेष्ठनागरिको एक्लोपनको व्यवस्थापन नगर्ने हो भने भोलिको दिन निक्कै चुनौति देखिन्छ ।
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददातापुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...