भर्खरै प्रकाशित: बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग

महिलालाई दोहोरो जिम्मेवारी

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

रविता महत / नेपालमा राजनीतिक रुपमा आमूल परिवर्तन भयो । बहुदलीय प्रजातन्त्रको पुनरस्थापना पछिका समयलाई हेर्ने हो भने महिलाको आर्थिक उन्नतिमा सकारात्मक परिवर्तनहरु प्रसस्त छन् । मुलुकमा भएको राजनीतिक तथा सामाजिक परिवर्तनसँगै आर्थिक रूपमा आत्मनिर्भर महिलाको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको छ ।
राजनीतिक रुपमा परिवर्तन भएसंगै महिलामा शिक्षा,स्वास्थ्य र रोजगारीका अवसरमा समेत बृद्धि भयो । शिक्षाको विकाससंगै महिलाहरु घरायसीकाम मात्र नभएर घर बाहिरको काम,राजनीति,सामाजिक क्षेत्र, कार्यालयीय काम र पेसा व्यवसायका काममा सक्रिय हुन थाले । पेसागत रुपमा महिलाहरुमा सक्षमतासंगै गरिरहँदा परम्परागत रुपमा परिवारप्रति निर्वाह गर्नुपर्ने भूमिका पनि संगसंगै निर्वाह गर्दै आएका छन् । एकातिर पेसा र संगै पारीवारिक भूमिका पनि निभाउनु पर्दा दोहोरो जिम्मेवारीको मारमा परेका छन् नेपाली महिलाहरु ।
अहिले महिलाले सबै तह र क्षेत्रमा क्षमता प्रर्दशन गरिरहेका छन् तर घर व्यवहारमा पूरा गर्नुपर्ने भूमिकामा परिवर्तन नआउँदा दोहोरो मारमा परेको अनुभूति सबै कामकाजी महिलामा छ ।


तामाकोशी गाउँपालिका निवासी ३३ वर्षीय शारदा महतको भोगाई एउटा प्रतिनिधि पात्रको रुपमा हेर्न सकिन्छ । विगत १३ वर्षदेखि तामाकोशी गाउँपालिकामा अस्थायी करार कर्मचारी (सामाजिक परिचालकको रुपमा प्रवेश गरेर हाल न्यायिक सहजकर्ताको) भूमिकामा काम गर्दै आउनु भएको छ । जागिर खाँदै गर्दा उहाँ अविवाहित हुनुहुन्थ्यो । जागिर खान निक्कै सहज थियो । उहाँको ८ वर्ष अगाडि विवाह भयो । विवाहपछि अगाडिको जस्तो सहज त भएन । उसै त सामाजिक परिचालकको जागिर । गाउँटोल बस्ती दौडधुप गर्नुपर्ने,साँझ विहान जतिवेलै समूदायको काममा जुट्न बुहारीको भूमिका निर्वाह गरेर निक्कै सकस भयो ।
पछिल्लो ५ वर्षदेखि महत न्यायिक सहजकर्ताको रुपमा काम गरिरहनु भएको छ । अझै सन्तान जन्मिए पछिको जागिरे जीवन कहाली लाग्दो भएको अनुभव उहाँसंग छ ।
राज्यले प्रदान गरेको ९८ दिनको सुत्केरी विदा पछि बच्चा च्यापेर कार्यालय पुग्नुभयो । बच्चा अहिले १८ महिना भयो । सानो बच्चासंगै च्यापेर कार्यालय जाँदा असहज महशुुुुुुस हुन्छ । “प्रत्यक्ष रुपमा त कार्यालय प्रमुख वा सहकर्मीले केही त भन्नुभएको छैन तर आफूलाई भने फरक महशुस हुन्छ”–महतले भन्नुभयो ।
विहान वच्चा उठ्नुभन्दा अगाडि नै घरको धन्दा छिन्नु,सरसफाइ गर्नु,दिनको लागि खाजा तयार गर्नु अनि दैनिक जाँदा आउँदा ३ घण्टा हिडेर कार्यालय पुग्नु पर्छ । पारीवारिक जिम्मेवारी र दायित्व त एकातर्फ छँदैछ,दोहोरो जिम्मेवारीले कार्यदक्षतामा ह्रास आउने हो कि भन्ने प्रश्न मनमा आईरहन्छ । उहाँ भन्नुहुन्छ, “परिवारले जागिर छाडेरै घरमा बस्न त दवाव दिदैन तर पनि सन्तानको जिम्मेवारी महिलाकै काधँमा हुने रहेछ”।
मध्यम वर्गीय परिवारको जेठो सन्तानको रुपमा जन्मेकी महत आफ्ना जागिरे बुबाको जीवन शैली र घरव्यवहारमै आमाको शालीन र कुशल व्यवहारबाट परिचित महत जीवनमा संघर्ष सामान्य हो भन्नुहुन्छ ।
आफूसँग जागीर हुँदा र नहुँदाको बीचको फरक अनुभव र अनुभूतिले संघर्षकै बीचमा पनि महिलाहरुले केही न केही गर्नुपर्छ भन्ने उहाँको सुझाव छ । सन्तान जन्माउनु, आमा बन्न पाउनु महिलाका लागि ठूलो सौभाग्य हो । यो सौभाग्यलाई जति कठिन अवरोध भएपनि पन्छाएर जान पाउँदा गर्व लागेको उहाँको भनाइ छ ।

??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

दोलखा भीमेश्वर नगरपालिका सोक्ला गाउँकी शान्ती तमाङको पनि उही अनि उस्तै कथा छ । उहाँ सिलाई व्यवसाय गर्नु हुन्छ । महिनामा आम्दानी पनि राम्रै छ । अरु व्यवसायको तुलनामा सिलाईबाट रित्तो हात बस्नु पनि पर्दैन । विहान ४ बजेदेखि बेलुका १० बजेसम्म काम गर्दा पनि ग्राहको माग पुरा गर्न नसकेको तमाङ बताउनुहुन्छ । कार्यालयीय कामको निश्चित समय हुन्छ । काम र आरामको समय सीमा हुन्छ । हामीजस्ता व्यवसायी महिलालाई त विरामी पर्दा पनि आराम गर्ने फूर्सद हुँदैन –व्यवसायी तमाङले गुनासो गर्नुभयो ।
तमाङलाई कामको बोझ र भ्याइनभ्याइ मात्र कहाँ हो र ? ११ वर्ष मूनिका २ छोरीको सम्पूर्ण जिम्मेवारी पनि उहाँकै काँधमा छ । “एक मिनेटको पनि महत्व छ, घडी हेरी हेरी काम गर्छु एक हातले कपडामा टिप्ने काम गर्दै विहानको नास्ता,खाना,सरसफाइ,दिउँसोको खाजा व्यवस्थापन गरेर समयमा नानीहरुलाई विद्यालय पठाउँछु । सजिलो त कहाँ छ र ?” तमाङले भन्नुभयो ।
विवाह गर्नुभन्दा पहिला व्यवसाय गर्न निक्कै सजिलो थियो । विवाह अनि अझ सन्तान जन्मिएपछि भने व्यवसाय गर्न निक्कै चुनौति भएको बताउने तमाङलाई धेरै पढ्न नसकेको कारण आफूले दुःख भोग्नु परेको हो कि भन्ने लाग्छ ।


यता पढे लेखेकी बैँककी जागिरे,हेर्दा निक्कै खुसी अनि सुखी जस्तो देखिने,सुकिली विनिता तामाङको कथा पनि शान्तिको भन्दा अझ चर्को छ । चटक्क बनेर आफ्नो कार्यालय जान तयार भएकी ३३ वर्षीय तामाङलाई दोहोरो जिम्मेवारीले थचक्क थिचेको छ । भीमेश्वर नगरपालिका चरिघ्याङकी तामाङ विहान कतिवेर निद्राले छाड्छ, एकनिद्रामै उठेर घरको सबै काम भ्याउने गर्नुहुन्छ । श्रीमान् कामको शिलशिलामा बाहिर भएकाले सबै पारीवारिक जिम्मेवारी तमाङकै काँधमा छ । ठुली छोरी मात्र हुँदा अलि सहज थियो । जब सानी छोरीको जन्मभयो झन जिम्मेवारी थपियो । ठूली छोरीको गृहकार्य,सरसफाई,खाजा व्यवस्थापन,झोला मिलाउने देखि समयमा विद्यालय पठाउनु त छँदैछ । सानीको स्याहार अझै जटिल ।

यतिमात्र कहाँ हो र ? निजी बैंकको काम समयमै पुग्ने र बेलुका अबेरसम्म बस्नुपर्ने बाध्यात्मक अबस्था छ । एउटी महिलाले आमा,बुहारी,छोरी‚श्रीमती सबै सबै भूमिका कुशल रुपमा निर्वाह गर्नै पर्छ । कतिपय कुरा नगरेर पार नपाइने रहेछ – तमाङले अनुभव सुनाउनु भयो ।
आफूले काम गर्ने बैंक र सहकर्मीहरु सहयोगी भावना भएकै कारण पनि आफूलाई कठिन परिस्थितिमा जुध्ने प्रेरणा मिलेको उहाँको भनाई छ । समयको व्यवस्थापन गरेर काम गर्दा, जति धेरै कामपनि सहजताका साथ गर्न सकिने उहाँको अनुभव छ ।

कानुनी रुपमा महिलाका अधिकार पर्याप्त छन् । अझ नेपालको संविधान २०७२ ले सबै नागरिकलाई समान अधिकारको प्रत्याभूत गरेको छ तर पनि हाम्रो सामाजिक संरचना र परम्परागत सोँचमा भने अझै कमी आउन सकेको छैन् । जतिजुकै कार्यालयमा महत्वपूर्ण जिम्मेवारी भएका महिला किन नहुन घरधन्दा, छोराछोरीको स्याहार सुसार र पारिवारीक काम महिलाको मात्र हो भन्ने सोच प्राय सबैमा देखिन्छ । मानवअधिकारवादी हुन या राजनीतिककर्मी अनि सामाजिक अभियन्ता सिद्धान्तमा एकथरी रटान गरेको मात्र देखिन्छ । सिद्धान्त व्यवहारिक रुपमा कार्यान्वयनको खाँचो छ । यसका लागि घरायसी कार्य बाँडफाँडको संस्कृति विकास गर्नु जरुरी देखिन्छ ।

 

 

 

भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत
समदृष्टि अनलाइन संवाददाता

  नेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन दोलखाको अध्यक्षमा पुनः देवेन्द्र महत सर्वसम्मत चयन हुनुभएको...

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

.