भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

भीमेश्वर नगरपालिकाको आगामी वर्षको वजेट ८१ करोडभन्दा बढी

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

असार १०
दोलखाको भीमेश्वर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८१ करोड १२ लख ९० हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ को लागि ८१ करोड १२ लाख ९० हजार रुपैयाँ बराबरको बजेट ल्याएको हो ।
नगरपालिकाको तेस्रो नगर सभामा नगर उपप्रमुख कमला बस्नेतले आर्थिक विकासका लागि ४९ करोड ४३ हजार रुपैयाँ, सामाजिक विकासका लागि २५ करोड २७ लाख ५४ हजार रुपैयाँ, भौतिक पूर्वाधार विकासका लागि १ करोड ७७ लाख ५० हजार रुपैयाँ,सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा र १० करोड ३९ लाख ४३ हजार रुपैयाँ बजेट प्रस्ताव गरिएको छ ।
नगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० का लागि ९४ करोड ५३ लाख १७ हजार २ सय ७० रुपैयाँ बजेट विनियोजन गरेको थियो । गत वर्षको तुलनामा यो वर्ष १३ करोड रकम कम भएको हो ।
नगरपालिकाले कुल बजेटको सबैभन्दा बढी ३५.१२ प्रतिशत रकम शिक्षा क्षेत्रमा विनियोजन गरेको छ भने कृषिमा २.५३ प्रतिशत,पशु विकासमा १.१३ प्रतिशत,सिञ्चाईमा ०.२१, नगरपालिकाले सूचना तथा तथा सञ्चार प्रविधिमा ०.१७ प्रतिशत बजेट विनियोजन गरेको छ । पर्यटन विकासमा ०.३८,उद्योगमा १.४४ प्रतिशत,सहकारी र न्यायमा पहुँच र सामाजिक न्यायका लागि ०.१३ प्रतिशत बजेट विनियोजन गरेको छ । कुल बजेटको वित्तीय संस्थामा ०.४ प्रतिशत बजेट विनियोजन गरेको छ । स्वास्थ्य क्षेत्रमा ७.७६ प्रतिशत,खानेपानीमा १.१४ प्रतिशत,भाषा संस्कृतिमा १.८० खेलकुुुुुदमा ०.२६ प्रतिशत र लैङ्गिक समानता तर्फ ३.८ प्रतिशत रकम विनियोजन गरेको छ । नगरपालिकाले सडक तथा पुलमा १६.५६ प्रतिशत,भवन तथा शहरी विकासमा १३.०१ प्रतिशत,उर्जा तथा जलविद्युतमा ०.४७ प्रतिशत वन तथा वातारणमा ०.०६ प्रतिशत र विपद् व्यवस्थापनमा ०.७७ प्रतिशत रकम विनियोजन गरेको छ ।

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.