मैनापोखरी बजारमा जनसचेतनको वृक्षारोपण कार्यक्रम
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
जनसचेतन बचत तथा ऋण सहकारी संस्था दोलखाले मैनापोखरी बजारमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । स्वच्छ वायु,स्वस्थ जीवन पर्यावरणीय संरक्षणमा जनसचेतनको योगदान भन्ने नारासहित बजार क्षेत्रमा ५ सय विरुवा रोपिएको सहकारीका प्रमुख कार्यकारी अधिकृत नवराज दहालले बताउनुभयो ।
डिभिजन वन कार्यालय चरिकोटको सहयोगमा उपलब्ध गराइएका विरुवा वैत्यश्वर गाउँपालिका वडा नं ४ का वडाध्यक्ष कुमार चौलागाई र संस्थाका अध्यक्ष हेमन्त चौलागाइँले संयुक्त रुपमा वृक्षारोपण गरेर उद्घाटन गर्नु भएको थियो । बजारको दायाँ बाँया क्षेत्रमा १५० कल्की, १५० धुुुपी,१५० कपुर र ५० जराकाण्डको गरी ५ सय विरुवा रोपिएको सहकारीले जनाएको छ । कार्यक्रम असार १४ गते राष्ट्रिय वृक्षारोपण कार्यक्रमको अवसर पारेर गरिएको हो ।
वृक्षारोपण कार्यक्रममा डिभिजन वन कार्यालय,उद्योग वाणिज्य संघ मैनापोखरीका प्रतिनिधि,इलाका प्रहरी कार्यालय मैनापोखरीका प्रतिनिधि,जनसचेतन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक कर्मचारी,सहकारीकर्मी,शिक्षक,व्यापारी लगायतको उपस्थितिमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । सहकारीका सिद्धान्त अन्तरगत पर्यावरणीय जवाफदेहिता अन्तरगत वातावरण संरक्षणका कार्यक्रम गर्दै आएको सहकारीको भनाइ छ ।
मैना पोखरी बजार क्षेत्रलाई स्वच्छ,सफा र हराभर बनाउने उद्देश्यले गत वर्ष पनि सहकारीले बजारमा बृक्षारोपण,फूलबारी निर्माणसंगै डस्टविन वितरणका कार्यक्रम सञ्चालन गरेको थियो ।
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...
बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददातानेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...
दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...
कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाताकालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...