बाँदरको आक्रमणबाट घाइते बालकको स्वास्थ्य अवस्थामा सुधार
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाताबाँदरको आक्रमणबाट घाइते भएका बालकको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।
काठमाण्डौको टेकु अस्पतालमा उपचारत मुग्रातीको स्वास्थ्य अवस्थामा सुधार आएको भीमेश्वर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष तारानाथ चौलागाईँले बताउनु भयो ।
बारीमा मकै खान आएका बादर धपाउने क्रममा वडा नं ४ निवासी छत्र बहादुर मुग्रातीका १३ वर्षीय छोरा प्रमोद मुग्रातीलाई हिजो बाँदरले आक्रमण गरेको थियो । वडाध्यक्ष चौलागाईका अनुसार ठूलो सङ्ख्यामा आएका बाँदको हुलले टोक्ने र चिथोर्ने गरेर बालकलाई घाइते बनाएका थिए ।
बाँदरको आक्रमणबाट घाइते भएका बालकको पशुपति चौलागाई स्मृति अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि टेकु अस्पताल काठमाण्डौ लगिएको थियो । वडा नं ४ का वडाध्यक्ष चौलागाईँको पहलमा घाइते भएका बालकको उद्दार गरी काठमाण्डौं पठाइएको थियो । उपचाररत बालक अहिले अस्पतालबाट डिस्चार्ज भएका छन् तर अझै केही समय अस्पतालकै निगरानी रहनु पर्ने पनि वडाध्यक्ष चौलागाईँको भनाइ छ ।
भीमेश्वर मन्दिरमा भोलि क्षमा पूजा गरिँदै
समदृष्टि अनलाइन संवाददातादोलखाको भीमेश्वर शिलामा पसिना आएपछि भोलि क्षमापुजा गरिने भएको छ । प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा एक हप्ताको अवधिमानै...
असारे लोक संस्कृति
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी वर्षभरका बाह्र महिनामध्ये असार एक महत्वपूर्ण महिनाका रुपमा लिइन्छ । अझ कृषि र कृषकका लागि यो विशेष...
चरिकोटमा साङ्गीतिक गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा साङ्गीतिक गजल साँझको आयोजना हुने भएको छ । बृहत दोलखा महोत्सवको अवसर पारेर दोलखा उद्योग...
स्रष्टा सुशिला शर्माको तेस्रो कृति ‘भुमरी’ विमोचन
समदृष्टि अनलाइन संवाददातासाहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार विमोचन गरिएको छ । भानु विद्यापति साहित्य प्रतिष्ठानको संयोजनमा सदरमुकाम...
दोलखामा शनिबार गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाताभानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाको गजल साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि बेलुका ४ बजेदेखि बेलुका ७...
सहस्र धारासहित स्वस्थानी ब्रत समापन
समदृष्टि अनलाइन संवाददाताऐतिहासिक दोलखा बजारमा सहस्रधारासहित श्री स्वस्थानी व्रतकथा विधिपूर्वक सम्पन्न गरिएको छ । व्रत समापनको दिन ऐतिहासिक दोलखा बजारमा सहस्र...