भर्खरै प्रकाशित: भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत मेरी फुपू,सबैकी फुपू निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण व्युटीसियन हुदै वडासदस्यसम्मको जिम्मेवारी सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम

छोरालाई बचाइदिन संरक्षण केन्द्रबाटै आमाको अपिल

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

दोलखा विगु ८ का एक बालकको आर्थिक अभावका कारण उपचार गर्न समस्या भएको छ । विगु गाउँपालिका थामीचागुका कुमार थामी र देशी थामीका  ७ वर्षका छोरा सुनिल भनिने निर्माण थामीको आर्थिक अभावका कारण उपचारमा समस्या भएको हो ।
विगत १५ दिनदेखि टाउकोमा समस्या देखापरेपछि काभ्रेको धुलिखेल अस्पतालमा उपचार गर्न पुगेका बालकलाई जटिल समस्या देखिएपछि हाल भेन्टिलेटरमा राखेर उपचार गराइरहेको पारीवारिक स्रोतले जनाएको छ ।
हाल बालकको उपचारमा खर्च धेरै लाग्ने भएपछि आमा देशी थामीले बालकको जीवन रक्षाका लागि आर्थिक सहयोग गर्न सबैलाई अनुरोध गर्नुभएको छ । दैनिक भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने भएकोले सकेको सहयोग गरेर छोराको जीवन बचाइदिन सबैसंग आव्हान गर्नुभएको हो ।
आमा र छोरा विगत ३ वर्षदेखि महिला तथा बालबालिका संरक्षण केन्द्र (स्नेह केन्द्र) दोलखामा आश्रित रहेका छन् । बालक भने केही समय अगाडि मात्रै बाबुसंग गएका थिए । बाबुसंगै रहेका बालक थामीलाई जटिल प्रकृतिको रोग लागेपछि बाबुको पनि आर्थिक अबस्था कमजोर भएकोले उपचारमा समस्या भएको हो । बाबु कुमार थामी वैदेशिक रोजगारमा रहेको बेला आमा देशीमाया जोखिममा परेपछि आमा छोरा नै स्नेह केन्द्रको संरक्षणमा रहेका थिए । छोरोको अस्पतालमा उपचार भइरहेको केही दिन अगाडि मात्रै थााहा पाएकी आमा देशीले संरक्षण केन्द्रबाटै छोरो बचाइदिन आग्रह गर्नुभएको छ ।
३ वर्षसम्म संरक्षण केन्द्र बसेका बालकको जटिल रोगको उपचार गर्न समस्या भएको संरक्षण केन्द्र सञ्चालक तथा आवाज नेपालकी अध्यक्ष सिर्जना कार्कीले बताउनुभयो । कार्कीले बालकको जीवन रक्षाका लागि सबैलाई सहयोग गर्न अपिल गर्नुभएको छ ।
नेपाल इन्भेष्टमेन्ट मेघा बैंक लिमिटेड खाता नं   15305150250252 \ १५३०५१५०२५०२५२ मा सहयोग रकम जम्मा गर्न सकिने छ । आवश्यक जानकारीको लागि ९८४७३११३०४ मा सम्पर्क गरेर पनि सहयोग गर्न सकिने पारीवारिक स्रोतले जनाएको छ ।

भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...

भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...

मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...

निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाता

  शान्ति निहारिकाद्वारा लिखित  “चट्याङको मूर्च्छना” उपन्यास  लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...

सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददाता

मन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...

मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददाता

पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...

.