भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

चरिकोटमा गुरु पूजा महोत्सव

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

व्यास पूर्णिमाको अवसरमा नेपाल मानव धर्म सेवा समिति दोलखा शाखाले गुरु पूजा महोत्सव आयोजना गरेको छ । सेवा समितिको चरिकोट स्थित आश्रममा कार्यक्रम गरिएको हो ।
गुरु पूजा महोत्सवका प्रमुख अतिथि रहनु भएका दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले कमजोर बन्दै गएको नेपाली सभ्यताको रक्षा गर्न मानव धर्म आजको आवश्यकता भएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘समानता सम्मान र प्रेमको सम्बन्ध नै अध्यात्म हो । जसले आत्मबोध गर्न सक्छ त्यो कर्मयोगी बन्न सक्छ । आजको ज्ञान विज्ञानसहितको हुनुपर्छ । असल कर्मयोग र आध्यात्मिक चिन्तनले मात्र समाजमा मौलाउँदै गएको विकृति अन्त्य हुन्छ ।’ साथै हरेक व्यक्तिका जीवनमा गुरुको महत्व हुने र गुरुले दिएको ज्ञानलाई चिनेर व्यवहार गर्दा जीवन उपयोगी हुने धारणा राख्नुभयो ।
मानव धर्म सेवा समिति चरिकोट शाखाका प्रमुख विणा वाइजीको अध्यक्षतामा भएको कार्यक्रममा महात्मा शिवानन्द र मानवी वाइजीले आर्शीरवचन दिदँै हरेक मानवले आफूलाई बोध गर्न सद्गुरुको शरणमा जानुपर्ने धार्मिक शास्त्रमा भएको बताउनुभयो ।
गुरु पूर्णिमाको अवशर पारेर सेवा समितिले मानव धर्म कार्यक्रम प्रशारणमा सहयोग गरेको भन्दै रेडियो शैलुङ दोलखालाई सम्मान गरेको छ । कार्यक्रमकै अवशरमा सन्त बाइजीहरुको पनि सम्मान गरेको छ ।


कार्यक्रममा नेपाल मानव धर्म सेवा समिति दोलखाका अध्यक्ष मोति प्रसाद चौलागाई, सेवा समिति सुन्द्रावती शाखा,सिंगटी,नाम्दु,लगायत जिल्लाका विभिन्न भुगोलबाट भक्तप्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
महोत्समा विभिन्न शाखाका बालसभाका सदस्यहरुको लघु नाटक,भक्तप्रेमीहरुको सामूहिक नृत्य,गुरु आज्ञा आदि प्रस्तुति रहेको थियो । विहान यज्ञहवन र आरतिपूजासहित शुरु भएको महात्सव बेलुका आरति पूजा सहित सम्पन्न भएको हो ।
गुरु पूर्णिमाकै अवशर पारेर शिक्षा अभियान बाकसको समेत उद्घाटन गरिएको नेपाल मानव धर्म सेवा समिति चरिकोट शाखाले जनाएको छ ।
कार्यक्रममा नेपाल मानव मानव धर्म सेवा समितिका सचिव शिवहरि पोखरेलले स्वागत गर्नु भएको थियो भने सेवा समितिका नवराज शिवाकोटीले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।
दोलखा जिल्लामा करिब २ हजार भक्तप्रेमीहरुको सङ्ख्या रहेको समितिको भनाई छ ।
वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्ने वेद व्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो । गौतम बुद्धले आजकै दिन धर्मचक्र प्रवत्र्तन अर्थात् पहिलो उपदेश दिएको थियो ।

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.