विद्यार्थीका लागि ग्राफिक डिजाइन तालिम
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
गौरीशंकर बहुमुखी क्याम्पस चरिकोटमा अध्ययनरत विद्यार्थीका लागि आयोजना गरिएको ग्राफिक्स डिजाइन तालिम सम्पन्न भएको छ । । विद्यार्थीको सिर्जनात्मक क्षमताको विकासका लागि तालिमको आयोजना गरिएको क्याम्पस प्रमुख शान्त केसीले बताउनु भयो । तालिमपछि क्षमता राख्ने विद्यार्थीका लागि कामको खोजी गर्न क्याम्पसले सहयोग गर्ने पनि क्याम्पस प्रमुख केसीको भनाइ छ ।
भीमेश्वर नगरपालिका प्रमुख इश्वर नारायण मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख मानन्धरले युवाको क्षमता विकासका लागि नगरपालिका सधै सकारात्मक रहेको धारणा राख्नुभयो । उहाँले सिप सिक्न चाहने र उद्यमी बन्न आँट गर्ने नगरबासीलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सभाध्यक्ष एवम क्याम्पस सञ्चालक समितिका सदस्य गोविन्द नारायण मानन्धरले तालिम नतिजामुखी बनाउन सहभागीलाई अनुरोध गर्दै भोलिको जीवन सहज बनाउन तालिम उपयोगी हुने धारणा राख्नुभयो ।
समापन कार्यक्रममा तालिमका सहजकर्ता कुशल थापाले संसार चिनाउने सिप र प्रविधिको प्रयोग गरी जीवनलाई सार्थक बनाउन सुझाव दिनुभयो । कार्यक्रममा सहभागी फूर्वा तमाङ र अनिता कापलेले तालिमको प्रभावकारीताका विषयमा धारणा राख्नु भएको थियो ।
समापन कार्यक्रममा नगरपालिका प्रमुख ईश्वर नारायण मानन्धर, उपप्रमुख कमला बस्नेत, क्याम्पस सञ्चालक समिति सदस्य गोविन्द नारायण मानन्धर,क्याम्पस प्रमुख शान्त केसीले संयुक्त रुपमा सहभागिताको प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो ।
गौरीशंकर बहुमुखी क्याम्पस चरिकोट दोलखाको समन्वय तथा भीमेश्वर नगरपालिकाको आयोजना र नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा तालिमको आयोजना गरिएको हो ।
१० दिनसम्म सञ्चालन भएको तालिममा ९ महिलासहित २२ जनाको सहभागिता रहेको थियो । यस अगाडि ८ दिने उद्यमशीलता विकास तालिम सम्पन्न भएको थियो ।
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...
निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाताशान्ति निहारिकाद्वारा लिखित “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...
सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददातामन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...
मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददातापर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...