थामी जातिको कर्मकाण्ड ‘सिलोके पालाखे’ विमोचन
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
नेपालको अतिसिमान्तकृत थामी जातिले आफ्नो कर्मकाण्ड ‘सिलोके पालाखे’ तयार पारेका छन् ।
जिल्लाको विगु गाउँपालिकाको आर्थिक सहयोगमा थामी समुदायको साझा संस्था नेपाल थामी समाज जिल्ला कार्यसमिति दोलखाले कर्मकाण्ड ‘सिलोके पालाखे’ तयार पारेको हो । उक्त कर्मकाण्डको दोलखा जिल्लाका संघीय सांसद गंगा कार्की ‘विश्व’, वाग्मती प्रदेशसभा सांसदहरु कुन्दन काफ्ले, ठुला थामीले विगु गाउँपालिका–४, सिंगटीमा आयोजित एक समारोहकाबीच संयुक्त विमोचन गर्नु भयो ।
कार्यक्रममा वोल्दै सांसदहरुले थामी जातिको संस्कार संस्कृति संरक्षणका लागि कर्मकाण्डले सहयोग पुग्ने भन्दै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
झण्डै सात सय पेजको कर्मकाण्डमा थामी जातिको जन्मदेखि मृत्युसम्मको विषय संग्रहित छन् । थामी भाषमा लेखिएको कर्मकाण्डमा कुलपुजा, भुमेपुजा, जन्म, बिवाह, मृत्यु लगायतका अध्याय राखिएका छन् । हरेक काज्र्यहरुमा झाँक्रीहरुले मानवजाति र थामी समुदायको उद्भव, विकास र विस्तारका सन्दर्भमा फलाक्ने मन्त्र, मौखिक ईतिहाँसलाई पुस्तकमा लिपिबद्ध गरिएको छ ।
तीन दर्जन बढी झाँक्रीहरुसँगको व्यक्तिगत र सामुहिक छलफलका आधारमा कर्मकाण्ड तयार पारिएको र थामी जातिको संस्कृति संरक्षणका लागि यो पुस्तक कोसेढुंगा हुने कर्मकाण्डका संकलक÷सम्पादक लक्ष्मण थामीले जानकारी दिनुभयो । थामी समुदायको बाहुल्य क्षेत्र विगु गाउँपालिका वडा नम्बर ६, ७ र ८, कालिञ्चोक गाउँपालिका वडा नम्बर १, २, ५, ६ र ९, भीमेश्वर नगरपालिका वडा नम्बर १, २ र ९, मेलुङ गाउँपालिका वडा नम्बर ७ का झाँक्रीहरुसँग बिभिन्न चरणमा छलफल÷अन्तरक्रिया भएको थियो ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...