चर्णावती धाम महायज्ञको आयव्यय खर्च सार्वजनिक
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखामा सञ्चालन गरिएको श्रीमद् भागवत महापुराण नवाह ज्ञान महायज्ञमा ३१ लाख ७१ हजार १ सय २२ रुपैँया खर्च भएको जानकारी गराइएको छ । शैलुङ गाउँपालिका वडा नं ७ फस्कु स्थित चर्नावती धाममा लगाइएको महायज्ञमा आम्दानी भएको १ करोड ४ लाख ७६ हजार ९ सय ५१ रुपैयाको खर्च विवरण सार्वजनिक गरिएको हो । महायज्ञ मूल समारोह समितिका अध्यक्ष मदन दास श्रेष्ठको अध्यक्षतामा भएको खर्च सार्वजनिक कार्यक्रममा समितिका कोषाध्यक्ष सम्भु खड्काले प्रचारप्रसार खर्च ११ लाख ५४ हजार ८ सय ८१ र महायज्ञ खर्च २० लाख १६ हजार २ सय ४१ रुपैयाँ सहित ३१ लाख बराबरको खर्च सार्वजनिक गर्नु भएको हो ।
गत जेठ ७ गतेदेखि सञ्चालन भएको महायज्ञमा १ हजार २७ जनाले दान गरेका थिए । आज सार्वजनिक भएको खर्च विवरणमा करिब १५ लाख बराबरको व्यक्तिले गरेको प्रतिवद्धता रकम र जिल्लाका नगर र गाउँपालिकाले घोषणा गरेको रकम समावेश नभएको चर्णावती त्रिवेणी विकास तथा प्रवद्र्धन संघ दोलखाका अध्यक्ष गुण बहादुर बुढाथोकीले बताउनु भयो ।
दोलखाका गाउँपालिका र नगरपालिकाले रकमका विषयमा निर्णय गरेपछि आम्दानी विवरण सार्वजनिक गरिने चर्णावती त्रिवेणी विकास तथा प्रवद्र्धन संघका सचिव रामेश्वर उप्रेतीले जानकारी दिनुभयो ।
पवित्र स्थल चर्णावती धाम प्राकृतिक,धार्मिक,साँस्कृतिक रुपमा सुन्दर बनाउने र व्यवस्थित जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालनार्थ महायज्ञको आयोजना गरिएको महायज्ञ मूल आयोजक समितिका सचिव भरत दुलाले बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले महायज्ञ मूल आयोजक समितिले गरेको आर्थिक पारदर्शीताको प्रशंसा गर्दै असल मनासायले गरिएका कार्य सफल हुने धारणा राख्नुभयो ।
कार्यक्रममा शैलुङ गाउँपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठले चर्णावती धाम व्यवस्थापनका लागि पालिकाले अभिभावकीय भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले चर्णावती धामको महत्वको महिमा जनमानसलाई बुझाउन जरुरी रहेको धारणा समेत राख्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दीपशंकर चौलागाईँले धार्मिक साँस्कृतिक महत्व रहेको चर्णावती धाम व्यवस्थित रुपमा सञ्चालन गर्न स्थानीय सरकारले स्वामीत्व लिनु पर्ने बताउनुभयो । दोलखामा सञ्चालन हुने जेष्ठ नागरिक सेवा केन्द्र नमुना बनाउन आफ्नो तर्फबाट पनि सकारात्मक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
दोलखा सदरमुकाम चरिकोट स्थित लक्ष्मी लजको सभाकक्षमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईँले सेवा केन्द्र व्यवस्थित गर्न स्थानीय सरकारकै भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो ।
कार्यक्रमकै अवसरमा महायज्ञ सञ्चालन गर्न गठन गरिएको महायज्ञ आयोजक मूल समारोह समिति पनि आजै विघटन गरिएको छ । आयोजक मूल समारोह समितिका संयोजक मदनदास श्रेष्ठले समिति विघटन गर्दै निर्णय पुस्तिका चर्णावती त्रिवेणी विकास तथा प्रवद्र्धन संघ दोलखाका अध्यक्ष गुण बहादुर बुढाथोकीलाई हस्तान्तरण गर्नु भएको हो ।
गत जेठ महिनाको ७ गतेदेखि १५ गतेसम्म महायज्ञ सञ्चालन भएको थियो । खर्च सार्वजनिक कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि,पत्रकार,नागरिक समाजका अगुवा,सामाजिक अभियन्ता लगायतको उपस्थिति रहेको थियो ।
राउत गाउँको रायोको साग
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातात्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...
अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...