मेलुङ गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखाको मेलुङ गाउँपालिकामा आर्थिक वर्ष २०७९÷८० को कार्यक्रम तथा सेवा प्रवाहका सन्दर्भमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
मेलुङ गाउँपालिका अध्यक्ष हिरा कुमार थोकरको अध्यक्षतामा भएको कार्यक्रममा आ.व.०७९÷०८० को आय व्ययको विवरण पालिका प्रमुख प्रशासकीय अधिकृत सञ्जय शिवाकोटीले प्रस्तुत गर्नु भएको थियो । आर्थिक वर्ष ०७९०८० को आय जम्मा ६० करोड ८७ लाख ९५ हजार र कुल व्यय ४७ करोड ७ लाख २७ हजार ५८१ रुपैयाँ अर्थात ७७.३२ प्रतिशत खर्च प्रगति भएको थियो । शिक्षा, युवा तथा खेलकुद, उर्जा कानुन तथा न्याय र श्रम तथा रोजगारतर्फ विनियोजित रकमको ९० प्रतिसत भन्दा बढी रकम खर्च भएको छ भने सबै भन्दा कम खर्च शासन प्रणाली विकासमा ३३.३३ प्रतिशत मात्र खर्च भएको अधिकृत शिवाकोटीले सार्वजनिक गर्नुभएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गायत्री आचार्य, प्रमुख प्रशासकीय अधिकृत सञ्जय शिवाकोटी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्य, तथा पालिकाका विभिन्न शाखा प्रमुख तथा कर्मचारीहरु जवाफदेहिता वक्ताको रुपमा रहनु भएको थियो ।
पूँजीगत तर्फ विकास निर्माणको सबैभन्दा बढी रकम भौतिक पूर्वधार विकासमा १९ करोड १७ लाख ७६ हजार विनियोजित भएकोमा ७४.१५% अर्थात १४ करोड २१ लाख ९७ हजार ७१८ रुपैयाँ खर्च भएको छ ।
सार्वजनिक सुनुवाइमा सहभागीबाट उठेको प्रश्नको जवाफ दिदै पालिका अध्यक्ष हिरा थोकरले मेलुङ गाउँपालिकालाई स्थानीय सरकार सञ्चालन ऐन, प्रचलित कानुन, नीति र विधि अनुसार सञ्चालन गरि सबैलाई सुशासनको प्रत्याभूति हुनेगरी जवाफदेहिपूर्ण तरिकाले गाउँपालिका सञ्चालन गरिने प्रतिवद्धतासमेत व्यक्त गर्नु भएको मेलुङ गाउँपालिका प्रवक्ता नवराज खड्काले जानकारी दिनुभयो । कार्यक्रममा मेलुङ गाउँपालिकाका बुद्धिजीवी,शिक्षक,कृषक लगायत मेलुङबासीहरुको उपस्थिति रहेको थियो ।
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...
निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाताशान्ति निहारिकाद्वारा लिखित “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...
सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददातामन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...
मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददातापर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...