निलकमल कृषि सहकारीको कफी अन्तराष्ट्रिय बजारमा
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
निलकमल कृषि सहकारीको कफी अन्तराष्ट्रिय बजारमा खपत हुन लागेको छ । कफी बजार व्यवस्थापनको लागि द फेस्को हिमालयन कम्पनी काठमाण्डौसंग व्यापार सम्झौता गरेर सहकारीको नाम र लोगोसहितको कफी इटली र फान्स लगायतका देशमा निर्यात शुरु भएको सहकारीका संस्थापक अध्यक्ष टहल आचार्यले बताउनुभयो ।
निलकमल कृषि सहकारी संस्थाले यो वर्ष मात्र १ लाख ४३ हजारको कफी विक्री गरेको छ । दोलखाको कालिञ्चोक ८ सुनखानीमा रहेको कृषि सहकारीले परम्परागत रुपमा कफी खेती गर्दै आएका कृषकबाट संकलन गरेर कफी विक्री गरेको हो ।
कफीको उत्पादन र बजारको सम्भावनालाई अध्ययन गरेर सहकारीले यसबर्ष ५१ जना कृषकलाई तालिम प्रदान गरी ६ हजार कफीका विरुवासमेत वितरण गरेको छ ।
द लेप्रोसी मिसन फाउण्ड प्रोजेक्ट र द फ्रेस्को हिमालयन कम्पनी काठमाण्डौंको सहयोगमा ६ हजार कफीका विरुवा रोप्ने काम सम्पन्न भएको हो । कृषकको मागलाई ध्यानमा राखेर यो वर्षबाट सहकारी आफैले कफीको नर्सरी गर्ने समेत योजना बनाएको संस्थापक अध्यक्ष आचार्यको भनाइ छ ।
कफी बाँदरले पनि विगार नगर्ने, खेती प्रविधि सहज र बजार व्यवस्थापनकै कारण कृषकहरु अहिले कफी खेती तर्फ आकर्षित भएको सहकारीका अध्यक्ष कल्पना खरेलले बताउनुभयो ।
विगतका वर्षहरुमा सहकारीले १५ रोपनी क्षेत्रफलमा अदुवा खेती गरेको थियो । अदुवा राम्रो उत्पादन भएपनि बजार व्यवस्थापनको अभावले अदुवा खेती प्रभावकारी नभएपछि पछिल्लो समय विकल्पको रुपमा कफी खेती छनौट गर्नुपरेको अध्यक्ष खरेलको भनाइ छ ।
वि.सं २०६७ सालमा कुष्ठ प्रभावित र अपाङ्गता भएका व्यक्तिको उत्थानका लागि ऋङ्गेश्वर स्वय सहायत समूह गठन भएको थियो । लेप्रोसी मिसन नेपालको सहयोगमा गठन भएको उक्त संस्था वि.स. २०७० सालमा निलकमल कृषि सहकारी संस्थाको रुपमा रुपान्तरित भएर कृषकलाई व्यवसायिक बनाउने अभियान रहेको छ । हाल कालिञ्चोक गाउँपालिका वडा नं ७,८ र ९ कार्यक्षेत्र बनाएर सेवा विस्तार गर्दै आएको छ । सहकारीमा हाल बालसदस्य सहित १ हजार ९ सय सदस्य रहेका छन् ।
दोलखा जिलु गाउको डोकोको कथा
6 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ । ४० वर्षदेखी डोको बुनेर जिविकोपार्जन गदै...
प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे
समदृष्टि अनलाइन संवाददाताप्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनले...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...