भर्खरै प्रकाशित: गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि

चरिकोट खानेपानीको मुद्दा अदालतद्वारा बदर

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका विरुद्धमा परेको मुद्दा उच्च अदालत पाटनले बदर गरेको छ ।
खानेपानीको मुहान र ट्याङ्की प्रयोगका सम्बन्धमा भीमेश्वर नगरपालिकाका ७ जनाले दिएको मुद्दा अदालतको फैसलाले हिजो बदर गरेको चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष रामकृष्ण केसीले बताउनु भयो ।
२०७९ चैत २१ गते  चरिकोट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले निर्माण गरेको ट्याङ्की, विसौनीमा रहेको ट्याङ्की र पानीका मुहानलाई चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले हस्तक्षेप गरेको भन्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए ।
शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नाममा कानुनी रुपमै ८ मुहान र १३ ट्याङ्की दर्ता भएका छन् । गत माघ महिनादेखि चरिकोट शहरी खानेपानीले खानेपानी वितरण कार्य सञ्चालन गरेपनि विवादका कारण व्यवस्थापन गर्न नसकेको अध्यक्ष केसीले गुनासो गर्नुभयो ।
केसीले भन्नुभयो,“विवादका कारण भीमेश्वर नगरपालिका वडा नं ६ का करिव ६ सय घरधुरीमा खानेपानी वितरणमा समस्या थियो । अदालतको फैसलापछि खानेपानी वितरणको बाटो सहज भयो । अब कानुनी समस्या छैन् ।”
केही विवाद भएपनि समाधानका लागि नगरपालिकासंग समन्वयका लागि अनुरोध गरेका छौ । साउन महिनादेखि सहजरुपमा खानेपानी व्यवस्थापनको काम गर्न सक्छौ,ः उहाले भन्नुभयो ।
अध्यक्ष केसीका अनुसार भीमेश्वर नगरपालिकाका ४ हजार ५ सय ७६ घरधुरीमा खानेपानी सेवा पुगिसकेको छ । यस आयोजनाबाट करिव ५ हजार धाराबाट दैनिक २२ हजार उपभोक्ताहरू लाभान्वित हुनेछन । नगरपालिकाका वडा नं ३,६ र ४ का सबै घर धुरी र ५,६ र ७ का आँशिक घरधुरीमा सेवा पुगेको छ । खानेपानीको सेवा सञ्चालन भएपछि १४ करोड लिटर पानी मासिक आपूर्ति हुने छ भने १० करोड लिटर पानी मासिक खपत हुन्छ । ४ करोड लिटर पानी अझै बढी हुने छ ।
अदालतको फैसलांसंगै आगामी साउन महिनादेखि चरिकोट शहरी खानेपानीको वितरण व्यवस्थापनमा सहज बाटो खुलेको अध्यक्ष केसीको भनाइ छ ।

 

दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने
समदृष्टि अनलाइन संवाददाता

दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटनप्रर्वद्धन गर्न गर्ने उदेश्यले नयावर्ष...

ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त
समदृष्टि अनलाइन संवाददाता

दोलखा सदरमुकाम चरिकोटमा लामोसमयदेखी चुनौतीको रहेको ढल व्यवस्थापनको काम अघि बढेपछि बजारबासीलाई सहज भएको छ । एशियाली विकास बैकको...

सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग
समदृष्टि अनलाइन संवाददाता

  दोलखाको कालिञ्चोक गाउँपालिकामा गठन भएको सहकारी सञ्जालले प्रधानमन्त्री दैवीप्रकोष उद्धार कोषमा २ लाख ६ हजार ५ सय ४६...

९ बुँदे घोषणापत्रसहित सितली कार्यशाला सम्पन्न
समदृष्टि अनलाइन संवाददाता

  नेकपा एमाले दोलखाको ९ बुँदे घोषणापत्र सहित २ दिने सितली कार्यशाला सम्पन्न भएको छ । टोल र जनताका...

शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
समदृष्टि अनलाइन संवाददाता

  राष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...

क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाता

  विद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...

.