भर्खरै प्रकाशित: दोलखा जिलु गाउको डोकोको कथा प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे शिक्षक भलिबल प्रतियोगिताको तयारी पूरा स्वर्ण महोत्सव मनाउँदै हिलेपानी संस्कृत मावि  कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन दोलखाका छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान

विकासमा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई भीमेश्वर ७ को सम्मान

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

भीमेश्वर नगरपालिका वडा नं ७ ले वडाको समग्र विकासका लागि योगदान पु¥याउने विभिन्न व्यक्ति तथा संस्थाको सम्मान गरेको छ । विकासमा योगदान गर्ने व्यक्ति तथा संस्थाको सम्मानको संस्कार विकास गर्ने र वडाको विकासमा सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम गरिएको वडाध्यक्ष विनोद तमाङले बताउनुभयो ।
भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मान कार्यक्रममा वडाकै सामुदायिक विद्यालयका उत्कृष्ट प्रधानाध्यापकमा कुटीडाँडा माध्यमिक विद्यालयका शङ्करलाल श्रेष्ठ सम्मानित हुनुभएको छ भने उत्कृष्ट शिक्षकमा सोही विद्यालयका सहायक प्रधानाध्यापक ईश्वर चौलागाई सम्मानित हुनु भएको छ । उत्कृष्ट शिक्षकमा सम्मानित हुनेमा हरिकृतन आधारभूत विदुु्यालयका कृष्ण बहादुुर मुग्राती,कुप्री आधारभूत विद्यालयबाट कृष्ण प्रसाद सुवेदी,विरेन्द्र आधारभूतबाट धिरज आपगाईं,साखिने आधारभूत विद्यालयबाट सन्तोषी थापा राउत,सेतीदेवी मावि काउलेबाट लक्ष्मण पाख्रिन सम्मानित हुनुभएको हो । वडामा २ माध्यमिक विद्यालय र ४ आधारभूत विद्यालय रहेका छन् ।
वडाका उत्कृष्ट उत्कृष्ट कर्मचारी भवेन्द्र थापा र निर्मला बस्तेत सम्मानित हुनु भयो भने उत्कृष्ट स्वास्थ्यकर्मीमा मकैबारी स्वास्थ्य चौकीकी लक्ष्मी केसी सम्मानित हुनु भएको छ ।
वडाले ९० वर्षमाथिका ३ जना जेष्ठ नागरिक दल बहादुर खड्का ,मित्रलाल चौलागाईँ र हरि बहादुर मगर लाई सम्मान गरेको छ ।
लामो समयदेखि जनप्रतिनिधिको रुपमा योगदान गरेका १३ जनाको सम्मान गरेका छन् । सम्मानित हुनेहरुमा पूर्व जनप्रतिनिधि कैलास कुमार श्रेष्ठ,नरम कुमारी शाह,तारा मुग्राती,अर्जुन लामा,हरिकृष्ण बस्नेत रहनु भएको छ भने कर्ण बहादुर शाही,नेत्र बहादुर बस्नेत,खेम बहादुर थापा,राजकुमार थापा,कृष्ण बहादुर कार्की,रामबहादर भुुुुुुजेल,नेत्र बहादुर तमाङ,नारायण बहादुर भुजेललाई सम्मान गरेको वडाले जनाएको छ ।
स्थानीय समाजसेवी बुद्धिजीवी नरेन्द्र बहादुर बस्नेत,पूर्ण बहादुर थापा ,रत्न बहादुर केसी,शिववहादुर बस्नेत,वीर बहादुर मोक्तान,मेख बहादुर तमाङ,जेठी भुजेल सम्मानित हुनुभएको छ । वडाले उत्कृष्ट उपभोक्ता समितिमा नेवार गाउँ ढुुुुुुुुुुुुुङेगधारा निर्माण रेक बहादुर श्रेष्ठलाई सम्मान गरेको छ भने उत्कृष्ट कृषक शेर बहादुर तमाङलाई सम्मान गरेको छ ।
कार्यक्रमको अवसर पारेर नोबेल कलेजबाट इन्र्टनसीपमा आएका १० जना विद्यार्थी र कलेजलाई प्रसंसापत्रले सम्मान गरेको वडाको भनाइ छ ।

दोलखा जिलु गाउको डोकोको कथा
5 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  दोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ । ४० वर्षदेखी डोको बुनेर जिविकोपार्जन गदै...

प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे
समदृष्टि अनलाइन संवाददाता

प्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनले...

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददाता

नेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...

वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि  द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

.