कवि विष्णु सुवेदी भानु विद्यापति साहित्य पुरस्कारबाट पुरस्कृत
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
भानु विद्यापति साहित्य पुरस्कार २०८० बाट अग्रज कवि तथा साहित्यकार विष्णु सुवेदी सम्मानित हुनु भएको छ । आदिकवि भानुभक्त आचार्यको २१० औ जन्मजयन्तिको अवसरमा ११ हजार १ सय ११ रुपैँयाको नगद पुरस्कारसहित कवि सुवेदीलाई सम्मान गरिएको हो ।
भानु विद्यापति साहित्य प्रतिष्ठान दोलखा र बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले संयुक्त रुपमा रामायण बाचन तथा पुस्तक सार्वजनिक कार्यक्रमसहित सम्मान कार्यक्रमको आयोजना गरेको थियो ।
कला,साहित्य र संस्कृतिको क्षेत्रमा अब्बल कवि सुवेदीले बुढो माझी,विदवा भाउजुहरुको देश,सपनामाथि उभिएर,ती फूलहरु खै ? लगायतका कविता संग्रह प्रकाशन गरिसक्नु भएको छ । वि.सं २०४५ सालबाट निरन्तर कविता लेखनमा लाग्नु भएका कवि सुवेदीले २ सय भन्दा बढी कविता लेख्नु भएको छ ।
गतवर्ष भानु विद्यापति साहित्य पुरस्कार कवि मान बहादुर खड्काले प्राप्त गर्नु भएको थियो ।
कार्यक्रममा दोलखाको भीमेश्वर नगरपालिकाले प्रकाशन गर्दै आएको दोलखा साहित्य यात्रा– ४ समेत सार्वजनिक गरिएको थियो ।
रामायण बाचन कार्यक्रममा बुढा भीमशेन मावि धरमघरका सुस्मा विश्वकर्मा, निशा खत्री र रुविका विश्वकर्माको समूह प्रथम, त्रिपुरा बोर्डिङ स्कूल चरिकोटको विज्ञाता घिमिर र रश्मिना बस्नेत द्वितीय,कुटिडाँडा मावि मकैवारीका जिज्ञासा सुवेदी, दिपिका थापा र नन्जीता थापाको समूह तृतीय र हिम्स एकेडमिकका ऋचा दुलाल सान्त्वना भएका थिए । रामायण वाचनमा विद्यार्थीको ९ समूहले सहभागिता जनाएका थिए ।
कार्यक्रममा ८३ वर्षका गंगाधर रेग्मी, ८१ वर्षका केशर बहादुर बस्नेत लगायतका जेष्ठ नागरिक र युवाहरुले रामायण वाचन गरेका थिए ।
दोलखा संस्कृति प्रतिष्ठानका अध्यक्ष शङ्करलाल श्रेष्ठको अध्यक्षतमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक प्रसाद खतिवडा, बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाको संरक्षक चिरञ्जीवी मास्के, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशङ्कर चौलागाई, साहित्यकार केशव चौलागाई, जीत कार्की र भानु विद्यापति साहित्य प्रतिष्ठानका सचिव सुन्दर खड्का लगायतले भानुभक्तको कृतित्व र व्यक्तित्वका बारेमा चर्चा गर्नु भएको थियो ।
भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन दोलखाको अध्यक्षमा पुनः देवेन्द्र महत सर्वसम्मत चयन हुनुभएको...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...