गौरीशङ्कर क्याम्पसमा इ–लाइब्रेरी निशुल्क प्रयोग गर्ने समझदारी
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयले गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोटलाई इ रिर्सोसेस सेवा उपलब्ध गराउने भएको छ ।
गौरीशङ्कर बहुमुखी क्याम्पसमा कार्यरत प्राध्यापक तथा अध्ययनरत विद्यार्थीहरुले इ–लाइब्रेरी मार्फत निशुल्क रुपमा अध्ययन गर्न पाउने गरी त्रिवि केन्द्रीय पुस्तकालय कीर्तिपुर र गौरीशङ्क क्याम्पस बीच समझदारी भएको हो ।
देशभित्र प्रकाशित भएका प्राज्ञिक लेख रचना र पुस्तकहरु तथा विश्वभरीबाट प्रकाशित भएका लेख रचना तथा पुस्तकहरु इ–लाइब्रेरी मार्फत निशुल्क रुपमा अध्ययन गर्न सक्ने गरी त्रिवि केन्द्रीय पुस्तकालय कीर्तिपुरसँग समझदारी भएको क्याम्पस प्रमुख शान्त केसीले बताउनुभयो ।
निशुल्क इ लाइब्रेरी मार्फत क्याम्पसका प्राध्यापक र विद्यार्थीका लागि अनुसन्धान गर्न सहजै सन्दर्भ सामग्री प्राप्त हुने प्रमुख केसीको भनाइ छ । इ लाइब्रेरीबाट प्राप्त हुने देशभित्र र बाहिरका लेख रचनाले ज्ञानको दायरा फराकिलो बनाइ गुणस्तर अनुसन्धानका लागि महत्वपूर्ण सहयोग पुग्ने उहाँको विश्वास छ ।
त्रिवि केन्द्रीय पुस्तकालय कीर्तिपुरका निमित्त प्रमुख सागरराज सुवेदी र त्रिवि पुस्तकालयका प्रतिनिधि विजय शर्मा तथा गौरीशङ्कर क्याम्पस सञ्चालक समिति अध्यक्ष अमृत राउत र क्याम्पस प्रमुख शान्त केसीले समझदारी गर्नुभएको हो ।
त्रिवि केन्द्रीय पुस्तकालयसंग भएको समझदारी अनुसार गौरीशङ्कर बहुमुखी क्याम्पसमा कार्यरत १ सय जना प्राध्यापक तथा अध्ययनरत विद्यार्थीहरुलले इमेलको प्रयोग गरेर साथै क्याम्पसको पुस्तकालय कक्षमा बसेर यो सुविधा निशुल्क रूपमा प्रयोग गर्न सक्नेछन् ।
निशुल्क सेवा मिति २०८० साउन १२ देखि लागू भइ एक वर्ष रहने समझदारीपत्रमा उल्लेख गरिएको छ । ।
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...
निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाताशान्ति निहारिकाद्वारा लिखित “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...
सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददातामन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...
मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददातापर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...