महिलालाई आत्मनिर्भर बनाउने मेलुङ गाउँपालिकाको अभियान
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
महिला उद्यमशील बनाउनका लागि तालिममा मात्रै नभएर महिलाहरु उत्पादनमा जोड्न मेलुङ गाउँपालिकाले पहल शुरु गरेको छ । गाउँपालिकामा तालिम लिनेको सङ्ख्या धेरै भएपनि व्यवसाय सञ्चालन हुन नसकेपछि गाउँपालिकाले प्रत्येक महिलालाई उत्पादनमा जोड्ने अभियान शुरु गरेको हो ।
कति महिलाले त दर्जनभन्दा बढी तालिममा सहभागी भए । तर तालिमसँगै आर्थिक स्रोत जुटाउन नसक्दा व्यवसाय सञ्चालन गर्न सम्भव भएन । अब मेलुंङमा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता परियोजना मार्फत उद्यमी बनाउने कामको शुरुवात गरेका छौं – गाउँपालिका उपाध्यक्ष गायत्री आचार्यले भन्नुुभयो ।
उपाध्यक्ष आचार्यले भन्नुभयो,“महिलालाई उद्यमशील तथा सशक्तीकरणका लागि तालिम मात्रैले पुगेन अब हामी टोल टोलमा महिला समूह गठन गरेर सहजकर्ताको समेत व्यवस्था गर्छौ र कृषिसंग जोडिने व्यवसायको सुरुवात गर्छौ । पालिकाभित्र बस्ने जेष्ठ नागरिक र बालिका बाहेक सबै महिला समूह सहकारी मा आबद्द हुनुहुने छ ।
जो महिला जाँगरिलो र केही गर्नु पर्छ भनेर लागि पर्नु हुन्छ उहाँले अब केही वर्षमा मासिक १०÷२० हजार आम्दानी गर्न कठिनाइ पर्दैन तर सोच भने सकारात्मक हुनु पर्छ ।”उहाँले भन्नुभयो ।
सँधै घर सम्हालेर स्थायी रुपमा बस्ने महिलालाई उद्यमी बनाउन स्थानीय सरकारले प्राथमिकतामा राखेको छ । महिलाले उत्पादन गरेका बस्तुलाई प्राथमिकता दिन्छौ । ‘स्थानीय तहले तालिम दिन्छ । लगानी गर्छ र बजारको पनि व्यवस्था गर्छ । स्थानीय सरकारले सरोकारवालासंग सहकार्य गरेर महिलाका उत्पादनलाई प्रवद्र्धन गर्ने गाउँपालिको योजना छ ।
पहिलो चरिणमा ‘हामी आफैँले प्रतिनिधिमूलक महिलालाई उद्यमी बनाउन खोजेका छौँ । उत्पादित सामग्री बजारसँग सम्झौता गर्दिने,बजार सम्म पु¥याइदिने,बजारर्को सुनिश्चितता गाउँपालिकाले गर्छ ः उपाध्यक्ष आचार्यले भन्नुभयो ।
मेलुङ गाउँपालिकाले महिला उद्यमशीलताको लागि लगानीको वातावरण बनाएको छ । विगतका वर्षमा महिलालाई १ सय ५० भन्दा बढी महिलाले विभिन्न प्रकृतिका तालिम लिए तर तालिम व्यवहारिक रुपमा लागू हुन सकेन त्यसैले यो वर्षदेखि सहकारीको माध्यमबाट महिलालाई उत्पादनमा जोड्ने योजना बनाएर कार्यान्वयनको शुरुवात गरेको उपाध्यक्ष आचार्यको भनाइ छ ।
महिलालाई दिइने सीप मूलक तालिम व्यवहारिक रुपमा लागू नभएपछि गाउँपालिकाले सो कार्यक्रम ल्याएका उहाँले बताउनुभयो । सो कार्यक्रमबाट पालिकाका ८० प्रतिशत भन्दा बढी महिलाहरू लाभान्वित हुने छन् । ‘०८० सालबाट हामीले यो कार्यक्रम सञ्चालन गरेका छौैँ । गतवर्ष ५० लाख विनियोजन गरिएको थियो । यो वर्ष पालिकाभरी १ करोड ३० लाखको काम हुने छ । ५ वर्षको अवधिमा ४ करोड ५० लाखको काम गर्ने लक्ष्य रहेको छ । कुल लगानी मध्य ३० प्रतिशत हेफरको हुने छः, उहाँले भन्नुभयो् ।
दोलखा जिलु गाउको डोकोको कथा
5 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ । ४० वर्षदेखी डोको बुनेर जिविकोपार्जन गदै...
प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे
समदृष्टि अनलाइन संवाददाताप्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनले...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...