भर्खरै प्रकाशित: दोलखा जिलु गाउको डोकोको कथा प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे शिक्षक भलिबल प्रतियोगिताको तयारी पूरा स्वर्ण महोत्सव मनाउँदै हिलेपानी संस्कृत मावि  कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन दोलखाका छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान

गौरीशंकर गाउँपालिका ७ टोपाटारमा पहिरोमा पुरिएर एक बालकको मृत्यु ,तीन जना बेपत्ता

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

साउन १९

दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ७ टोपाटारमा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ भने पहिरोमा तीन जना बेपत्ता भएका छन् ।

पहिरोमा पुरिएर तीन वर्षीय बालक प्रिन्स थामीको मृत्यु भएको जिल्ला प्रहरी  कार्यलय दोलखाले जनाएको छ ।

यस्तै पहिरोले घर पुरिँदा टोपाटारका कृष्ण मगर, उनीकी श्रीमती देव मगर र स्थानीय हरिलाल श्रेष्ठ बेपत्ता भएका छन् । पहिरोमा परी तीन जना घाएते भएका छन । बिहीबार राती परेको भीषण वर्षाले गौरीशंकर ७ र ८ मा ३२ वटाभन्दा बढी घरमा क्षति गरेको छ । टोपाटारबाट तीन जना घाइतेको उद्धार गरिएको छ । पहिरोले टोपाटारका ७ घरमा क्षति पुगेको छ ।

पहिरोले विद्युतका पोलहरूसमेत बगाएको छ । यस्तै ग्रामीण सडक अवरुद्ध भएको छ । टोपाटार पारि गौरीशंकर गाउँपालिका ८ खारेको सल्लेमा २ घर पहिरोले पुरेको छ । त्यहाँका २० वटाभन्दा बढी घरमा पहिरोको जोखिम भएपछि स्थानीयले घर छोडेका छन् । उद्धारका लागि सुरक्षाकर्मी वैकल्पिक बाटोमार्फत पहिरो प्रभावित क्षेत्रमा गएपनि पुग्न नसकेको जिल्ला प्रहरी कार्यालय दोलखाका  डिएसपी दीपक खड्काले बताउनुभयो । बेपत्ताको खोजी भइरहेको घटनाको विषयमा थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।

 

दोलखा जिलु गाउको डोकोको कथा
4 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  दोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ । ४० वर्षदेखी डोको बुनेर जिविकोपार्जन गदै...

प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे
समदृष्टि अनलाइन संवाददाता

प्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनले...

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददाता

नेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...

वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि  द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

.