भर्खरै प्रकाशित: बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग

पहिरोमा परि घाइते भएका २ को हेलिकप्टरद्धारा उद्धार, वेपताहरुको खोजी कार्य जारी

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

साउन १९

दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ७ टोपाटारमा पहिरोमा घाइते भएका २ जनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

पहिरोमा परी ४० बर्षका यज्ञवहादुर थामी, उनकी ३९ बर्षिया श्रीमती धनमाया थामी र २२ बर्षिया बुहारी सिता थामी घाइते भएका छन् ।

घाईते मध्ये यज्ञवहादुर र धनमायालाई आज  दिउँसो हेलिकोप्टर मार्फत उद्धार गरी थप उपचारका लागि काठमाडौं लगिएको छ । उनीहरुको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भईरहेको छ । अर्की घाईते सिता थामीको भने सिंगटी अस्पतालमा उपचार भईरहेको छ ।

पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ भने पहिरोमा तीन जना बेपत्ता भएका छन् ।

पहिरोमा पुरिएर बालक प्रिन्स थामीको मृत्यु भएको जिल्ला प्रहरी  कार्यलय दोलखाले जनाएको छ ।

यस्तै पहिरोले घर पुरिँदा टोपाटारका कृष्ण मगर, उनीकी श्रीमती देव मगर र स्थानीय हरिलाल श्रेष्ठ बेपत्ता भएका छन् ।

बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको  दोलखाका  प्रहरी नायव उपरिक्षक दिपक खड्काले बताउनुभयो  ।

 

भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत
समदृष्टि अनलाइन संवाददाता

  नेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन दोलखाको अध्यक्षमा पुनः देवेन्द्र महत सर्वसम्मत चयन हुनुभएको...

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

.