हकप्रद शेयरमा दोलखालीको सहभागिता सुनिश्चितताको लागि एमाले दोलखाको माग
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
राष्ट्रिय गौरवको आयोजना अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासनको लागि शेयर दाखिल खारेज बन्दको मितिसहित जारी गरेको सूचना प्रति नेकपा एमाले दोलखाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठको हस्ताक्षरमा जारी गरिएको ध्यानकर्षपत्रमा गत साउन ९ गते हकप्रद शेयरमा सबै दोलखालीको सहभागिता सुनिश्चितताको लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामासरोकारवालासँग भएको छलफलको निर्णय आयोजनाले कार्यान्वयन नगरेको उल्लेख गर्दै आपत्ती जनाएको हो ।
सरोकारवालासंगको छलफलमा आयोजना प्रभावित दोलखालीको हितग्राही खाता (डिम्याट एकाउण्ट) खोल्न सबै स्थानीय तहहरूमा आयोजना, शेयर इश्यु म्यानेजर र सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको समन्वयमा सनराइज क्यापिटलले व्यवस्थापन गरी हितग्राही खाता खोल्ने व्यवस्था गर्ने तथा भौतिक रूपमा पनि फाराम भरेर हकप्रद शेयर हाल्न पाउने निर्णय गरिएकोमा आयोजनाले त्यसको बेवास्ता गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
निर्णय कार्यान्वयनको साँटो बुक क्लोज मितिको सूचना जारी गरिएकोले धेरै दोलखाली हकप्रद शेयरबाट वञ्चित हुने भन्दै यथाशीघ्र प्रक्रिया सञ्चालन गर्न एमालेले विज्ञप्ति मार्फत माग गरेको छ ।
कुनै पनि दोलखाली नागरिक कुनै पनि बहानामा अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले प्रदान गर्ने हकप्रद शेयरको अधिकारबाट बञ्चित नगराउन माग गर्दछौँ । यदि विदेशमा भएका वा स्वदेशमै रहेका कुनै पनि दोलखाली नागरिकको हितग्राही खाता ९म्झबत ब्अअयगलत० नभएको खण्डमा पनि हकप्रद शेयर सुनिश्चितता गर्न सम्बन्धित पक्षलाई अनुरोध गर्दछौँ । हाम्रो गाम्भिर्यतालाई वेवास्ता गरेमा सम्पूर्ण जिम्मेवारी अपर तामाकोशी हाइड्रोपावरले लिनु पर्ने विज्ञप्तीमा चेतावनी दिएको छ ।
भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन दोलखाको अध्यक्षमा पुनः देवेन्द्र महत सर्वसम्मत चयन हुनुभएको...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...