भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

पहिरो पीडितलाई नेपाली काँग्रेसको राहत वितरण

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

गौरीशंकर गाउँपालिका –७ टोपाटारका पहिरो पिडीतलाई नेपाली काँग्रेसले राहत वितरण गरेको छ । गएको साउन १८ गते गएको पहिरोबाट विस्तापित ३५ घर परिवारलाई राहतसहित नगद सहयोग गरेको नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि सन्तोष पाण्डेले बताउनुभयो ।
राहत वितरण कार्यक्रममा नेपाली काँङ्ग्रेसका केन्द्रिय सदस्य मधु आचार्य, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि सन्तोष पाण्डे,नेपाली काँग्रेस दोलखाका नेता तारा कुमार खडका, कुमार अधिकारी,महेश काफ्ले,शैलेन्द्र खड्का,जयराम श्रेष्ठ,विमल आचार्य,नेपाली काँग्रेस गौरीशंकर गाउँपालिकाका पदाधिकारी लगायतको उपस्थितिमा खाद्यान्नसहितको नगद सहयोग गरेको हो ।
पहिरो पिडीतहरु लाई राहत वितरण कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि रहनु भएका नेपाली काँग्रेसका केन्द्रिय सदस्य मधु आचार्य लगायतको समुहले मृतकका परिवारलाई २० हजारका दरले रकम सहयोग गरेको छ । यस अगाडि पनि नेपाली काँग्रेसको पहलमा २ लाख १३ हजार नगद संकलन गरेर घाइतेको उपचारका लागि सहयोग हस्तान्तरण गरिसकेको नेपाली काँग्रेस दोलखाले जनाएको छ ।

पहिरोमा परी घाइते भएका  ५० वर्षिय यज्ञ बहादुर थामीको त्रिवि शिक्षण अस्पतालमा र उहाँकी श्रीमती अन्दाजी ३९ वर्षीय धनमाया थामी र उहँकी बुहारी करिब २२ वर्षिय सिता थामीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
पहिरोमा परेर स्थानीय कृष्णबहादुर मगर, उहाँकी श्रीमती देवीमाया मगर, हरिलाल श्रेष्ठ बेपत्ता भएका थिए । बेपत्ता भएका मध्य १४ महिनाका बालक प्रिन्स थामीको र अन्दाजी ४० वर्षी देवी माया मगरको शव फेला परेको प्रहरिले जनाएको छ । पहिरोमा परि घाईतेहरुको सरकारले निशुल्क उपचार गर्ने भएको छ ।

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.