भर्खरै प्रकाशित: राउत गाउँको रायोको साग बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त

स्वर्गीय विश्वराजको आत्मा शान्तिको कामना गर्दै दीप प्रज्ज्वलन

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी

सडक दुर्घटनामा ज्यान गुमाएका सहपाठीको सम्झनामा द राइजिङ स्टार बोर्डिङ, स्कुल चरिकोटका पूर्व विद्यार्थीले दोलखामा दीप प्रज्ज्वलन कार्यक्रम गरेका छन् । गत मंगलबार सिन्धुपाल्चोकस्थित १६ किलोमा बस र मोटरसाइकल आपसमा ठोकिँदा ज्यान गुमाएका दोलखा वैत्यश्वर ७ का २३ वर्षका विश्वराज श्रेष्ठको आत्मा शान्तीको कामनार्थ पूर्व विद्यार्थीहरुले दीप प्रज्ज्वलन कार्यक्रमको आयोजना गरेका हुन् ।
नर्सरी देखि कक्षा १० सम्म द राइजिङ स्टार स्कुल चरिकोटमा अध्ययन गरेर २०७४ सालमा एसइइ दिएका स्वर्गीय श्रेष्ठको सम्झनामा विहिबार साँझ ६ बजे सातदोवाटो चरिकोटमा दिप प्रज्ज्वलन गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको हो ।

विद्यालयले जेहेन्दार र उदयीमान पूर्व विद्यार्थी गुमाएकोमा दुख व्यक्त गर्दै शोकको घडीमा शोकसन्तप्त सम्पूर्णको परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गरेको छ ।
दीप प्रज्ज्वलन कार्यक्रममा विद्यालयका प्रिन्सिपल उपेन्द्र अधिकारी, शिक्षक नवराज शिवाकोटी लगायत विद्यालयका शिक्षक,पूर्व विद्यार्थी र अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि ललितपुरको विएण्ड वि अस्पताल पुग्ने वित्तिकै निधन भएको थियो ।
खुट्टामा मात्र गम्भीर चोट लागेका श्रेष्ठलाई समयमा उद्धार र उपचारमा ढिलाइ भएकै कारण निधन भएको सवत्र आलोचना भइरहेको छ । यातायात व्यवसायीको लापरवाहीको कारण समयमा अस्पताल पुर्याउन नसक्दा ज्यान गएको आफन्त र जिल्लाबासीहरुको गुनासो छ ।

दुर्घटना स्थल नजिकै रहेको सिन्धु सदावहार अस्पतालमा निक्कै ढिला गरी पुर्याइएको थियो । अत्यधिक रक्तश्रावका कारण अवस्था जटिल भएपछि काठमाण्डौ रिफर गरिएको सिन्धु सदावहार अस्पतालका डाक्टर देवेन्द्र गौतमको भनाइ छ । विएण्ड वि अस्पताल पुग्ना साथ घाइते श्रेष्ठको मृत्यु भएको थियो ।

 

राउत गाउँको रायोको साग
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  त्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...

अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाता

  विरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

.