सामुदायिक वन दिवसको अवसरमा दोलखामा कविता वाचन
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखाको सदरमुकाम चरिकोटमा आयोजना गरिएको “वन वातावरण तथा जलवायु परिवर्तन विषयक” कविता वाचन प्रतियोगितामा राईजिङ स्टार स्कुलकी विपासा खड्का प्रथम हुनुभएको छ ।
सामुदायिक वन दिवसको अवसरमा आयोजित कविता वाचन प्रतियोगिता पशुपति कन्या माविका छात्रा गंगा गौतम द्वितीय, कुटीडाँडा माविका छात्रा रिमना कार्की तृतीय र कालिञ्चोक माविकी छात्रा सिवानी श्रेष्ठ सान्त्वना हुन सफल हुुनु भएको छ ।
विद्यालय स्तरका बालबालिकामा वन र वातावरणका सन्दर्भमा जागरणका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले सामुदायिक वन उपभोक्ता महासंघ,नेपाल जिल्ला महासंघ दोलखाका अध्यक्ष जगन्नाथ बस्नेतले बताउनुभयो ।
विजयी प्रतियोगीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवम भीमेश्वर नगर प्रमुख ईश्वर नारायण मानन्धरले पुरस्कार वितरण गर्नु भएको थियो । विजयी प्रतियोगीहरुलाई प्रथम पुरस्कार तीन हजार,द्वितीय पुरस्कार एक हजार पाँच सय र तृतीय पुरस्कार एक हजार रुपैया नगदसहित प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष जगन्नाथ बस्नेतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कवि एवम गीतकार केशवराज चौलागाईको संयोजकत्वमा कवि विष्णु सुवेदी,जानुका न्यौपाने,सहायक वन अधिकृत सुमन घिमिरेले कविता वाचन प्रतियोगिताको निर्णय गर्नु भएको थियो ।
सामुदायिक वन महासंघ दोलखाले हिजो च्याँसे भगवती सामुदायिक वनमा वृक्षारोपण गरेको थियो भने आज कविता प्रतियोगिता आयोजना गरेको हो ।
नेपालमा २०७३ सालमा ‘सामुदायिक वनको पहिचान, राष्ट्रिय समृद्धिको अभियान’ भन्ने नाराकासाथ पहिलो पटक सामुदायिक वन दिवस मनाइएको थियो ।
वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददातादोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...
दोलखामा जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता गरिँदै
समदृष्टि अनलाइन संवाददाताजिल्ला भलिबल संघ दोलखाले “दोलखा जिल्ला कप २०८१“ अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।...