पहिरोमा पुरिएर निउरो टिप्न गएका बाबुछोरा वेपता,खोजी कार्य जारी
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददातासाउन २८
दोलखाको विगु गाउपालिका वडा नम्बर ७ मा खोलाले तर्ने क्रममा निउरो टिप्न गएका २ जना वेपता भएका छन ।
विगु गाउपालिका वडा नम्बर ७ का अन्दाजी ३५ वर्षिया निम्दोर्जे शेर्पा र उनका अन्दाजी १२ वर्षिया छोरा पासाङ शेर्पा वेपता भएका हुन ।
आज दिउसो गाउ नजिकैको जंगलमा निउरो टिप्न गएका बाबुछोरा वेपता भएको प्रहरीले जनाएको छ । गाउ नजिकैको तिनपाटे जंगलबाट निउरो टिपेर फर्कदै गर्दा खहरे खोला तर्ने क्रममा माथिबाट आएको पहिरोको लेदोले पुरिएर वेपता भएको वडा अध्यक्ष दिलबहादुर श्रेष्ठले बताउनुभयो ।
निउरो टिप्न संगै गएका अर्का एक जना भने खोलाबाट निस्कन सफल भएका छन ।
खोलामा वेपता भएका बाबुछोराको अहिले प्रहरी खोजी गरिरहेको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ ।
निरन्तरको वर्षा कारण खहरेमा आएको बाढीसंगै पहिरोको लेदो पनि आएको थियो ।
भीमेश्वर मन्दिरमा भोलि क्षमा पूजा गरिँदै
समदृष्टि अनलाइन संवाददातादोलखाको भीमेश्वर शिलामा पसिना आएपछि भोलि क्षमापुजा गरिने भएको छ । प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा एक हप्ताको अवधिमानै...
असारे लोक संस्कृति
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी वर्षभरका बाह्र महिनामध्ये असार एक महत्वपूर्ण महिनाका रुपमा लिइन्छ । अझ कृषि र कृषकका लागि यो विशेष...
चरिकोटमा साङ्गीतिक गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा साङ्गीतिक गजल साँझको आयोजना हुने भएको छ । बृहत दोलखा महोत्सवको अवसर पारेर दोलखा उद्योग...
स्रष्टा सुशिला शर्माको तेस्रो कृति ‘भुमरी’ विमोचन
समदृष्टि अनलाइन संवाददातासाहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार विमोचन गरिएको छ । भानु विद्यापति साहित्य प्रतिष्ठानको संयोजनमा सदरमुकाम...
दोलखामा शनिबार गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाताभानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाको गजल साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि बेलुका ४ बजेदेखि बेलुका ७...
सहस्र धारासहित स्वस्थानी ब्रत समापन
समदृष्टि अनलाइन संवाददाताऐतिहासिक दोलखा बजारमा सहस्रधारासहित श्री स्वस्थानी व्रतकथा विधिपूर्वक सम्पन्न गरिएको छ । व्रत समापनको दिन ऐतिहासिक दोलखा बजारमा सहस्र...