व्युटी पार्लर व्यवसायमा सफल शुशिला
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
रविता महत
भाद्र १०
दोलखा भीमेश्वर नगरपालिका वडा नम्वर २ की ३२ वर्षीय शुशिला श्रेष्ठलाई सानैदेखि मुहारको शृंगारमा रुचि थियो । उनी घरमा भेटिएका साना साना धागोले आमा र दिदीहरुको थ्रेडिङ गर्ने र घरायसी सामग्रीको प्रयोग गरेर मेकअपको अभ्यास गर्न रुचाउँथिन । हिमाली जिल्लाको गाउँमा जन्मिएकी शुशिलाले आफ्नो सोखलाई कालन्तरमा व्यवसायको रुपमा अंगाल्न थालिन र त्यही रुचि अहिले उनको चिनारी बनेको छ ।
सानै उमेरमा विवाह गरेर पारीवारिक भएकी शुशिलाआफ्नो सानैदेखिको सोखलाई व्यवसायका रुपमा सञ्चालन गर्ने सोंचले सानो लगानीमा पार्लर खोलिन् । थोरै लगानीमा सञ्चालन गरेको आफ्नो व्यवसाय दिन प्रतिदिन बढ्दै गएकाले उनी आफु प्रफुल्ल भएको बताउँछिन् । अहिले प्रत्येक मान्छे वैयक्तिक सुन्दरतामा ध्यान दिन खोज्ने भएकाले आफ्नो व्यवसाय सफल भएको उनको भनाई छ । एउटी महिलाले आमा, बुहारी, श्रीमती र छोरी सबै सबै भूमिका निर्वाह गदै व्यवसायलाई अगाडि लैजान चुनौति रहेपनि परिवारको सहयोगले आफूलाई अगाडि बढ्न प्रेरणा मिलेको उनको अनुभव छ । विगत १४ वर्षदेखि संघर्ष गरेको व्यवसायले आर्थिक रुपमा आफू अब्बल हुन मात्र नभई २÷३ जनालाई रोजगारी सम्म दिन सक्ने भएकाले सबै चुनौतिलाई सामना गरेर पनि अगाडि बढ्नुपर्नै रहेछ भन्ने उनको निष्कर्ष रहेको छ ।
उनी भन्छिन “पहिला पहिला यो व्यवसायलाई आम मान्छेले हर्ने दृष्टिकोण संकुचित थियो तर अहिले त्यस्तो छैन” यो व्यवसायमा लागेर झन आत्मनिर्भर र सक्षम भएको छु , जहाँ जस्तो अवस्थामा पनि बाच्न सक्ने भएकाले केहि न केहि सिप सिकेर अगाडि बढ्न सबै महिला दिदी बहिनीहरुलाई अनुरोध पनि गर्छिन । अहिले देखिएको आर्थिक मन्दिले केही हदसम्म छोएपनि व्यवसाय नै छोड्नुपर्ने गरी भने केहि नभएकाले उनी झन आउँदा दिनहरुमा यसलाई अझ उन्नत बनाउने सोंच भएको बताउँछिन् ।
सुरुमा आफ्नो स्टुडियोमा मात्रै सीमित थिए, उनले भनिन, पछि शृगारका लागि विभिन्न ठाउँमा जान लागें र आफ्नै सामान लगेर मागअनुसार शृंगारको काम गर्न थालें । विवाहको सिजनमा दैनिक ४ जनासम्म बेहुलीको मेकअप गर्छु,’ फोन गरेर बोलाउँछन् आफू गएर गरेको कामले पाएको प्रशसांले जति खुसी सायद नै अरु केही होला ? अहिले स्टुडियोमा मेकअप गरिदिने, कस्मेटीक सरसामान, भित्रि बस्त्र बेच्ने, र विद्यार्थीलाई पढाउने काम चलिरहेको बताइन् ।
शृंगार गर्ने भनेकै अनुहार राम्रो देखाउने विषय भएकाले कस्ता सामान प्रयोग योग्य हुन्छन, कुन छालामा के सुहाउँछ, कसैको छाला र स्वास्थ्यमा असर नगर्ने उत्पादन ल्याउने विषयमा पनि सोच्नु पर्ने उनले बताइन । समय अनुसार आफू पनि अपडेट भईरहनु पर्ने भएकाले काठ्माण्डौ सम्म पुगेर कोर्ष गर्न अलिक अफ्टेरो भएको उनको गुनासो रहेको छ , व्यवसाय नै बन्द गरेर हिड्दा ग्राहकहरुलाई पर्ने असुविधाले भने उनलाई पिरोलिरहन्छ ।
दोलखा जिलु गाउको डोकोको कथा
5 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ । ४० वर्षदेखी डोको बुनेर जिविकोपार्जन गदै...
प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे
समदृष्टि अनलाइन संवाददाताप्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनले...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...