भर्खरै प्रकाशित: गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि

जनमुखी सहकारी संस्थाको सिकाइ व्यवस्थापन कार्यशाला

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

जनमुखी बचत तथा ऋण सहकारी सस्ंथाले दोलखा सदरमुकाममा कार्यक्शलता तथा सिकाइ व्यवस्थापन कार्यशाला गोष्ठीको आयोजना गरेको छ । सहकारी संस्थालाई थप प्रभावकारी र विश्वसनीय बनाउन सहकारीबीच प्रगाढ सम्बन्ध स्थापित गर्नेे उद्देश्यले वागमती प्रदेशका सहकारीबीच छलफल कार्यक्रमको आयोजना गरिएको सहकारीका उपाध्यक्ष गीताकृष्ण शर्माले बताउनुभयो ।
नेफ्स्कुन दोलखा फिल्ड कार्यालयको प्राविधिक सहयोगमा आयोजना गरिएको कार्यशालामा वागमती प्रदेश अन्तरगतका एक्सेस वागमती क्लष्टर दोस्रो समूह अन्तरगतका १० सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


कार्यक्रममा सहकारी सस्ंथाका प्रमुख तथा प्रतिनिधिहरुले असल अभ्यास,नमुना सिकाइ आदानप्रदान गरेका थिए । सहकारीका प्रतिनिधिहरुले राखेका सुझाव,अनुभव र निष्कर्षलाई थप व्यवहारिक र प्रभावकारी बनाउन कार्यशाला प्रभावकारी हुने आयोजक संस्थाले अपेक्षा राखेको छ ।
जनमुखी बचत तथा ऋण सहकारी सस्ंथा काब्रे मैनापोखरीका अध्यक्ष माधब प्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रमका वागमती प्रदेश सभा सदस्य भरत बहादुर केसीले सहकारी संस्थाहरुले पैसाको किनबेच मात्रै नगरेर स्थानीय स्रोत र साधनको संरक्षण र प्रयोगमा जोड दिन आग्रह गर्नुभयो । उहाँले सहकारी उत्पादनमुखी भएर अगाडि बढ्नु आजको आवश्यकता भएको सुझाव दिनुभयो ।
कार्यक्रममा नेफ्स्कुनका अधिकृत प्रेम प्रसाद वाग्लेले विषयवस्तुमा सहजीकरण गर्नुभएको थियो भने जिल्ला सहकारी संघका महासचिव कृष्ण प्रसाद दहाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने
समदृष्टि अनलाइन संवाददाता

दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटनप्रर्वद्धन गर्न गर्ने उदेश्यले नयावर्ष...

ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त
समदृष्टि अनलाइन संवाददाता

दोलखा सदरमुकाम चरिकोटमा लामोसमयदेखी चुनौतीको रहेको ढल व्यवस्थापनको काम अघि बढेपछि बजारबासीलाई सहज भएको छ । एशियाली विकास बैकको...

सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग
समदृष्टि अनलाइन संवाददाता

  दोलखाको कालिञ्चोक गाउँपालिकामा गठन भएको सहकारी सञ्जालले प्रधानमन्त्री दैवीप्रकोष उद्धार कोषमा २ लाख ६ हजार ५ सय ४६...

९ बुँदे घोषणापत्रसहित सितली कार्यशाला सम्पन्न
समदृष्टि अनलाइन संवाददाता

  नेकपा एमाले दोलखाको ९ बुँदे घोषणापत्र सहित २ दिने सितली कार्यशाला सम्पन्न भएको छ । टोल र जनताका...

शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
समदृष्टि अनलाइन संवाददाता

  राष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...

क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाता

  विद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...

.