चरिकोट शहरी खानेपानीको मासिक महशुल निर्धारण
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले पानीको मासिक महशुल निर्धारण गरेको छ । चरिकोट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र भीमेश्वर नगरपालिकाबाट नै गठन भएको पानी महशुल निर्धारण कार्य दलको संयुक्त बैठकले गरेको सिफारिस अनुसार नै महशुल निर्धारण गरेर सूचना जारी गरैको छ ।
खानेपानी प्रयोग गरेवापत १५ हजार लिटरको २ सय,२० हजार लिटरसम्म २ सय २५,२५ हजार लिटरसम्म २ सय ६० रुपैया महशुल निर्धारण गरिएको छ । ३० हजार लिटरसम्म ३ सय र ३० हजार लिटर माथि पानीको परिमाण अनुसार प्रति युनिट १५ देखि ३० सम्म थप रकम कायम गर्ने जनाएको छ ।
चरिकोट खानेपानी तथा उपभोक्ता संस्था दोलखाले जारी गरेको सूचनामा उल्लेख भए अनुसार २०८० साल श्रावण महिनादेखि न्युनतम शुल्क २ सय लाग्ने छ भने भाद्र महिनादेखि ग्राहकको धारामा जडान मिटरको युनिट अनुसार शुल्क लाग्ने छ ।
चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष रामकृष्ण केसीका अनुसार भाद्र महिना देखि सहजरुपमा खानेपानीको व्यवस्थापनको काम शुरु हुनेछ ।
अध्यक्ष केसीका अनुसार भीमेश्वर नगरपालिकाका ४ हजार ५ सय ७६ घरधुरीमा खानेपानी सेवा पुगिसकेको छ । यस आयोजनाबाट करिव ५ हजार धाराबाट दैनिक २२ हजार उपभोक्ताहरू लाभान्वित हुनेछन । नगरपालिकाका वडा नं ३,६ र ४ का सबै घर धुरी र ५,६ र ७ का आँशिक घरधुरीमा सेवा पुगेको छ । खानेपानीको सेवा सञ्चालन भएपछि १४ करोड लिटर पानी मासिक आपूर्ति हुने छ भने १० करोड लिटर पानी मासिक खपत हुन्छ । ४ करोड लिटर पानी अझै बढी हुने छ ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...