जनहित र चित्रेश्वर सहकारी बीच एकीकरणःतदर्थ समितिको अध्यक्षमा नवराज न्यौपाने चयन
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखा सदरमुकाम चरिकोटमा रहेको जनहित बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको अवसर पारेर जनहित बहुउद्देश्यीय सहकारी संस्था र चित्रेश्वर बहुउद्देश्यीय सहकारी संस्थाको औपचारिक एकीकरण कार्यक्रम समेत एक साथ सम्पन्न भएको जनहित बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक रमेशचन्द्र बस्नेतले जानकारी दिनुभयो ।
व्यवस्थापक बस्नेतका अनुसार औपचारिक एकीकरण पछि नवराज प्रसाद न्यौपानेको अध्यक्षतामा तदर्थ सञ्चालक समिति गठन भएको छ । तदर्थ समितिको उपाध्यक्षमा श्यामकृष्ण कायस्थ,सचिव राम बहादुर वली,सहसचिव गणेश प्रसाद न्यौपाने,कोषाध्यक्ष भरत प्रसाद ढुंगेल चयन हुनुभएको छ । सञ्चालक सदस्यहरू गणेशकुमार श्रेष्ठ, बिजय कुमार खड्का, रुद्र बहादुर शिवाकोटी, सुमन थापा, राम बहादुर कार्की, राधा शाही, शिव बहादुर बस्नेत, राम बहादुर भुजेल निर्विरोध हुनु भएको हो ।
सभाले लेखा सुपरीवेक्षण समितिको संयोजकमा भीम प्रसाद सुवेदी र सदस्यहरुमा सिताराम कायस्थ र राजन थापा चयन गरेको छ ।
सहकारीका अध्यक्ष दिनेश बस्नेतको अध्यक्षतमा सम्पन्न २२ औं साधारण सभामा जनहित बहुउद्देश्यीय सहकारीका श्यामकृष्ण कायस्थ र चित्रेश्वर सहकारीका सचिव भीम प्रसाद सुवेदीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएकको थियो भने जनहित सहकारीका कोषाध्यक्ष राम बहादुर ओलीले ४० करोड बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने र चित्रेश्वर सहकारीका कोषाध्यक्ष भरत प्रसाद ढुंगेलले १० करोड बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
सभाकै अवसरमा च्छोरोल्पा जनरल अस्पतालसँग शेयर सदस्यको लागि सहुलियत स्वास्थ्य सेवाका लागि दुई वर्षको सम्झौता गरिएको छ ।
जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा भीमेश्वर नगरपालिकाका नारायण सेढाई, चित्रेश्वर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष दिलकृष्ण कायस्थ, अर्थभूमि बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष कृष्ण प्रसाद दाहाल, नेपाल पत्रकार महासंघ दोलखा सचिव दिल बहादुुर केसी र संस्थाका उपाध्यक्ष नवराज न्यौपानेले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा पौराणिक भजन तथा विभिन्न साँस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।
राउत गाउँको रायोको साग
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातात्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...
अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...