भर्खरै प्रकाशित: दोलखा जिलु गाउको डोकोको कथा प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे शिक्षक भलिबल प्रतियोगिताको तयारी पूरा स्वर्ण महोत्सव मनाउँदै हिलेपानी संस्कृत मावि  कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन दोलखाका छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान

नेपालमा सोचेजस्तो विकास गर्न कृषि, जलविद्युत र उद्योगलाई प्राथमिकतामा राख्नुपर्छः चिनियाँ राजदूत छान् सोङ

1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
काठमाडौं
नेपालले साचेजस्तो विकास गर्न कृषि, जलविद्युत र उद्योगलाई प्राथमिकतामा राखेर आर्थिक नीति बनाइनु पर्ने चिनीयाँ राजदूत छान् सोङले बताएका छन् । आज काठमाडौंमा फाउण्डेसन अफ ट्रान्ज हिमालयन रिसर्च एण्ड स्टडिज (फाउन्टेन्ज्) ले आयोजना गरेको अन्तक्रियामा राजदूत सोङले यस्तो बताएका हुन् ।उनले नेपालको कृषिमा आधुनिकीरण हुन नसक्नुले खेतबारी बाँझिएका, उद्योगको अवस्था पहिलेभन्दा दयनीय भएको र जलविद्युत विक्रीपनि आयात भन्दा निर्यात कम भएकाले देशको आर्थिक स्थिति परिवर्तन हुन नसकेको बताए । चीनको आर्थिक विकासको मोडल हेरेर नेपालले सिक्नुपर्ने उनले बताए ।फाउन्टेन्जका अध्यक्ष आनन्द पोखरेलको अध्यक्षतामा आयोजना भएको “विश्व अर्थतन्त्रमा चीन र नेपालमा यसको प्रभाव” बिषयक अन्तक्रियामा प्रतिनिधिसभाका सभामुख देवेन्द्र घिमिरेले नेपालमा आएका अमेरिकी एमसीसी र चिनीयाँ बीआरआई जस्ता परियोजना नेपालको हितका लागि अधिकतम उपयोगमा ल्याउनुपर्ने बताए । उनले चीनसँगको भौगोलिक नाकामा रेलमार्ग र भारतसँगको पारवहन सम्झौतालाई कार्यान्वयनमा ल्याएर देशको विकास गर्नुपर्ने बताए ।
कार्यक्रममा अर्थविद् डा.कल्याण रोकाले बिषयवस्तुमाथि प्रस्तुतीकरण गरेका थिए ।

डा. रोकाको प्रस्तुतीमाथि डा. भरत पोखरेल, पूर्व राजदूत महेन्द्र पाण्डे, डा. बिमला राई पौडेल, सार्वजनिक लेखा समितिका सभापति ऋषि पोखरेल, बागमती प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाई, कमल चौलागाई, कमल ढकाल लगायतले आफ्नो विचार व्यक्त गरेका थिए ।

अधिकांश वक्ताले देशको दयनीय अर्थतन्त्र, कमजोर कृषि प्रणाली र सक्रिय युवाहरुको पलायन जस्ता बिषयमा आफ्नो चिन्ता व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रमा विद्यावारिधि गरेका तेत्तीस जना डाक्टर, माननीय सांसद, नेता, पत्रकार, कर्मचारी, युवा तथा अन्य सहभागी रहेका थिए ।

कार्यक्रमका अध्यक्ष आनन्द पोखेरलले देशको अर्थतन्त्रलाई समाजवादतर्फ लैजान यी र यस्ता खालका कार्यक्रमहरु यस संस्थामार्फत अघि बढाइदै लैजाने जानकारी दिए । देशको थिलथिलो आर्थिक अवस्थालाई सुधार गर्न र निराशाजनक उत्पादनदरलाई बढाउन सबै मिलेर लाग्नुपर्ने उनले बताए ।

दोलखा जिलु गाउको डोकोको कथा
6 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  दोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ । ४० वर्षदेखी डोको बुनेर जिविकोपार्जन गदै...

प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे
समदृष्टि अनलाइन संवाददाता

प्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनले...

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददाता

नेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...

वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि  द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

.