गौरीशङ्कर क्याम्पसमा नव आगन्तुक विद्यार्थीको स्वागत
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाताजिल्लाकै पुरानो र ठूलो गौरीशंङ्कर बहुमुखी क्याम्पस चरिकोटका नव आगन्तुक विद्यार्थीलाई स्वागत गरिएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) गौरीशङ्कर क्याम्पस कमिटिको आयोजनामा कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीलाई स्वागतसहित रक्त समूह परीक्षण कार्यक्रम सम्पन्न भएको हो ।
वागमती प्रदेश सभा सदस्य भरत केसीको प्रमुख आतिथ्यतामा सम्पन्न स्वागत कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि केसीले विद्यार्थीको समस्यामा पहरेदार भएर लाग्न अनेरास्ववियूलाई आग्रह गर्नुभयो । उहाँले दोलखाको सम्बृद्धिको खाका कोर्न र विद्यार्थीको हकहितका लागि सँधै तत्परताका साथ लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा अनेरास्ववियू केन्द्रिय कमिटि सदस्य राजकुमार ढुङ्गेल,नेकपा एमाले विद्यार्थी इन्चार्ज शक्ति पाठक,नेपाल रेडक्रश सोसाइटी दोलखाका सभापति ईश्वरी दहाल,क्याम्पस प्रमुख शान्त केसी लगायतले विद्यार्थीलाई स्वागत गर्दै मुलुक रुपान्तरणको लागि गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गर्नुभयो ।
कार्यक्रमको अवसरपारेर अनेरास्ववियू क्याम्पस कमिटिले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखा, धुलिखेल अस्पताल दोलखा, दोलखा सामुदायिक अस्पताल र च्छोरोल्पा जनरल अस्पताल दोलखाको प्राविधिक सहयोगमा रक्त समूह परीक्षण कार्यक्रम सम्पन्न गरेको थियो । उक्त परीक्षणबाट २ सय १२ जना विद्यार्थीले रक्त समूह पहिचान गर्न सफल भएको अनेरास्ववियू क्याम्पस कमिटि अध्यक्ष सुदाम सुवेदीले बताउनुभयो ।
कार्यक्रममा क्याम्पसका विद्यार्थीहरुले कविता,गजल मुक्तक वाचन गरेका थिए भने विभिन्न साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
विश्व विद्यालय अनुदान आयोगको रिपोर्ट अनुसार हिमाली क्षेत्रका १६ जिल्ला मध्ये सवैभन्दा ठूलो क्याम्पसको रुपमा गौरीशंकर रहेको छ । वि.स. २०३८ सालमा स्थापना भएको गौरीशंकर बहुमुखी क्याम्पस हिमाली जिल्लाका ५६ वटा क्याम्पस मध्येको सवैभन्दा ठूलो हो । देशभरका विभिन्न विश्व विद्यालय अन्तरगत रहेका १ हजार ३ सय ८५ क्याम्पस मध्ये ८६ विश्व विद्यालय अनुदान आयोगको अनुदान लिनको लागि सक्षम छनौट भएका छन् । यी मध्य गौरीशंकर क्याम्पस पनि अनुदानको प्रक्रियामा प्रवेश गरेको हो ।
दोलखाकै पहिलो र अग्रणी क्याम्पसको रुपमा रहेको गौरीशंकर बहुमुखी क्याम्पसमा शिक्षा शास्त्र संकायमा स्नातकोत्तर तह,स्नातक तहमा मानविकी,शिक्षा शास्त्र र व्यवस्थापन संकाय र कक्षा ११ र १२ गरी हाल १४ सय विद्यार्थी अध्ययनरत रहेका छन् ।
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
धरमघरबासीको फेरिएको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददातादोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...