प्रगति सहकारीको २५ औं साधारण सभा सम्पन्न
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
प्रगति बचत तथा ऋण सहकारी संस्था लि को २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । भीमेश्वर नगरपालिका वडा नं २ राम्पामा रहेको सहकारीको साधारण सभा विभिन्न कार्यक्रमका साथ शनिबार सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि रहनु भएका दोलखा जिल्ला बचत संघका अध्यक्ष भूमिराज खड्काले सहकारी अभियान सुधारका लागि शेयर सदस्य बढी जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो,“संस्थाका प्रत्येक सदस्यको संस्थामा सामाजिक, आर्थिक, र व्यवसायिक जिम्मेवारी रहन्छ । साधारण सभामा सहभागी भई संस्थाले वर्ष भरि गरेका कामका बारेमा जानकारी लिने र सुझाव दिने काम गर्नुपर्छ । आफू सदस्य भएको संस्थामा गैरकानुनी काम हुनबाट बचाउनु सदस्यको परम जिम्मेवारी हो ।”
प्रमुख अतिथि खड्काले शेयर सदस्यलाई अनुशासित र मर्यादित भएर सहकारी अभियानमा लाग्न समेत अनुरोध गर्नुभयो ।
साधारण सभालाई सम्बोधन गर्दै जिल्ला सहकारी संघ दोलखाका उपाध्यक्ष देवी प्रसाद शर्माले शेयर सदस्यको जीवनस्तरमा सुधार आउने र युवाको विदेश पलायनता रोक्ने प्रकृतिका कार्यक्रम ल्याउन सहकारीलाई अनुरोध गर्नुभयो । उहाँले दोलखाका सहकारी अब्बल र अनुशासित भएको भन्दै पूर्ण विश्वास गरेर सहकारी अभियानलाई सफल बनाउन सबै लाग्नु पर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा दोलखा जिल्ला बचत संघका महासचिव अनिल श्रेष्ठले प्रगति सहकारीले थोरै जनशक्तिले धेरै कारोबार गर्न सकेको भन्दै सहकारीको कामको खुलेर प्रशंसा गर्नुभयो । सहकारीलाई उद्यमशीलतासंग जोडेर जान पनि उहाँले सुझाउनुभयो ।
सभामा भीमेश्वर नगरपालिका वडा नं १ का वडाध्यक्ष माधव थामी,वडा नं २ का वडाध्यक्ष स्टालिन श्रेष्ठ,नेपस्कुनका प्रतिनिधि दिनेश गौतम लगायतले सहकारीमा युवा सहभागिता बृद्धिको आवाश्यकता औल्याउँदै अभियानलाई उद्यमशीलतासंग जोड्न सुझाव दिनुभयो ।
सहकारीका अध्यक्ष जगत प्रसाद सुवेदीले संस्थाको प्रगति तथा ७ करोड बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा सुपरीवेक्षण समितिकी सदस्य कल्याणी गौतमले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
सहकारीमा युवा सहभागिता बढाउन कार्यक्रम सञ्चालन गर्ने,सहकारी एकीकरण अभियान,जोखिममा आधारित सुपरीवेक्षण,तालिम तथा अवलोकन भ्रमण लगायतका नीति तथा कार्यक्रम साधारण सभाले पारित गरेको अध्यक्ष सुवेदीले बताउनुयो ।
सहकारीका अध्यक्ष जगत प्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न साधारण सभामा सहकारीता पत्रकारिता पुरस्कार,७५ वर्ष माथिका जेष्ठ सदस्य सम्मान,एसइइमा उत्कृष्ट अंक ल्याउने बालबचत कर्ता,उत्कृत बचतकर्ता,उत्कृष्ट ऋणीलाई पुरस्कार तथा सम्मान पत्र प्रदान गरिएको छ ।
वि.स.२०५५ सालमा स्थापना भएको सहकारीमा हाल १ हजार ६ सय २९ शेयर सदस्य रहेका छन् भने भीमेश्वर नगरपालिका वडा नं १ र २ कालिञ्चोक गाउँपालिका वडा नं ९ लाई कार्यक्षेत्र बनाएर सेवा सञ्चालन गर्दै आएको छ ।
साधारण सभाको सहजीकरण संस्थाका सचिव राम प्रसाद दहालले गर्नुभएको थियो ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...